२०८२ भाद्र २३ गते सोमवार
पछिल्लो समय चीन र अस्ट्रेलियाबीचको सम्बन्धमा ठूलो तनाव सिर्जना भएको छ । कोरोना महामारीपछि अस्ट्रेलिया र चीनबीच ठूलो अन्तरद्वन्द्व सिर्जना भएको छ ।
चीनमा रहेका अस्ट्रेलियन नागरिकहरुमाथि आक्रमण गर्ने र अस्ट्रेलियामा रहेका चिनियाँ नागरिकहरुमाथि पनि दमन गर्ने क्रम बढेको छ । एशियाली काउन्सिलहरूलाई पठाइएको धम्कीपूर्ण पत्रहरू र महामारीको क्रममा फैलिएको घृणाका कारण आक्रमणका घटनाक बढेको बताइएको छ।
काउन्सलर कुन हुआंगले सोमबार उक्त पत्र प्राप्त गरेका छन् । उक्त पत्रमा अपमान, मृत्युको धम्की, कोभिड-१९ महामारी फैलाएको दोषलगायतका आरोपहरु लगाएर चिनियाँहरुमाथि आक्रमणको त्रास भएको उल्लेख गरिएको छ ।
सिड्नी सहरका पार्षद क्रेग चुंग, जर्जस नदी काउन्सिलका पार्षद क्रिस्टिना वू र अर्का स्थानीय पार्षदले यस्तै पत्रहरू प्राप्त गरेको स्वीकार गरेका छन् । चिनियाँहरुलाई अस्ट्रेलियामा अवैध गतिविधिहरु सञ्चालन गरेको, रोग फैलाउने काम गरेको आरोप लगाउन थालिएको छ । चीन सरकारले पनि अस्ट्रेलियामा रहेका आफ्ना नागरिकहरुलाई यात्रा चेतावनी सार्वजनिक गरेको छ ।
ह्वाङलाई पठाइएको नोटले उनलाई र 'सबै चिनियाँ जनता'लाई ज्यान मार्ने धम्की दिएकोले न्यू साउथ वेल्स प्रहरीलाई जानकारी गराइएको र प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको पाइएको छ ।
कोभिड महामारीको बेला अष्ट्रेलियामा चिनियाँ विरोधी र एसिया विरोधी भावनामा बढेको यो तथ्यांकले भर्खरको विचलित पार्ने घटना भएको बताइएको छ । नोभेम्बर २०२० मा ४४ प्रतिशत उत्तरदाताहरूले चिनियाँ अष्ट्रेलियालीहरूप्रतिको 'नकारात्मक' वा 'केही नकारात्मक' भावना रहेको बताएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij