२०८२ भाद्र २३ गते सोमवार
भारतको विहार राज्यस्थित किशनगञ्जमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै परिवारका चार बालबालिकासहित पाँचको मृत्यु भएको छ ।
झापाको सीमासँग जोडिएको किशनगञ्ज जिल्लाको सलाम कोलोनीमा सोमबार बिहान स्थानीय स्वामी नूर बाबुको घरमा ग्यास सिलिन्डर विस्फोट भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सिलिन्डर विस्फोटपछि घरमा आगलागी हुँदा घरधनी ४४ वर्षीय नूर बाबु, उनका छोरीहरू ८ वर्षीया तोहफा, ६ वर्षीया बबली, छोराहरू ४ वर्षीय रहमत र २ वर्षीय शाहिदको जलेर मृत्यु भएको छ ।
विस्फोटमा नूर बाबुको श्रीमती ३२ वर्षीया शहजादी बेगम गम्भीर घाइते भएकी छिन् । उनको किशनगञ्जको अस्पतालमा उपचार भइरहेको छ ।
आगलागीबाट घरमा पूर्णरुपमा जलेर नष्ट भएको छ । दमकलसहितको सुरक्षाकर्मीको टोली तत्काल घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । एकै परिवारका बालबालिकासहित पाँचको मृत्यु भएपछि सिंगो गाउँ शोकमा डुबेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij