Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

नेपालमा पहिलो पटक किशोरकिशोरी मानसिक स्वास्थ्य इकाइ स्थापना

नेपालमा पहिलो पटक किशोरकिशोरी मानसिक स्वास्थ्य इकाइ स्थापना


  • 2.8K
    Shares

    • images
    नेपालमा पहिलो पटक किशोरकिशोरी मानसिक स्वास्थ्य इकाइ स्थापना
    images

    काठमाडौं । नेपालमा पहिलो पटक किशोरकिशोरी मानसिक स्वास्थ्य इकाइ स्थापना भएको छ । सरकारी स्तरको एक मात्र मानसिक अस्पतालमा किशोरकिशोरीको मनोचिकित्सा तथा मानसिक स्वास्थ्य उपचारका लागि इकाईको स्थापना भएको हो ।

    मानसिक अस्पताल र बालअधिकारमुखी संस्था सिविन नेपालको सहकार्यमा किशोर किशोरीका लागि छुट्टै मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको इकाई १२ शैयाको छ ।

    जसमध्ये ६ वटा शैया जनरल र ६ वटा शैया सेमि जनरल छन् । इकाईमा मनोचिकित्सक, नसिङ, विशेष शिक्षक, समाजिक कार्यकर्ता गरि ३० जना कर्मचारीले सेवा प्रदान गर्ने छन् ।

    उक्त इकाईले परिवार, हेरचाहकर्ता र समुदायलाई समावेश गरी मानसिक स्वास्थ्यलाई बढावा दिने सहयोगी सञ्जाल सिर्जना गर्न मनोसामाजिक सहयोग गर्ने अपेक्षा लिइएको छ ।

    कार्यक्रममा मानसिक अस्पतालका निर्देशक डा.अनन्त अधिकारीले किशोरकिशोरी मानसिक स्वास्थ्य इकाई सञ्चालनमा आए पछि अस्पतालको सेवा विस्तार मात्र नभएर जोखिममा रहेका समूहको समयमा उचित परामर्श र उपचारमा सहजता हुने बताए ।

    कार्यक्रममा इकाईका प्रमुख डा. अरुणराज कुवर, मानसिक अस्पतालकी नर्सिड प्रशासन प्रमुख शुशिला डंगोल, सिविनकी सुम्निमा तुलाधर लगायतले किशोरकिशोरीका लागि सञ्चालनमा आएको इकाईले किशोरकिशोरीको आवश्यकता अनुसार सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे । देशकै एकमात्र सरकारी स्तरमा सञ्चालित मानसिक अस्पतालले बिगत ४० वर्षदेखि सेवा सञ्चालन गर्दै आइरहेको छ ।

    प्रकाशित मिति :माघ २५ २०८० बिहिवार - १५:३०:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij