Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

मकवानपुरको एकै गाउँमा १३० जनामा भाइरल ज्वरो, एकजनाको मृत्यु

मकवानपुरको एकै गाउँमा १३० जनामा भाइरल ज्वरो, एकजनाको मृत्यु


  • 2.8K
    Shares

    • images
    मकवानपुरको एकै गाउँमा १३० जनामा भाइरल ज्वरो, एकजनाको मृत्यु
    images

    काठमाडौं । मकवानपुरको एकै गाउँमा भारइल ज्वरोका कारण १३० जना बिरामी भएका छन् । राक्सिराङ गाउँपालिका–९, टर्लिङमा पाँच दिनअघिदेखि फैलिएको भाइरल ज्वरोबाट एकजनाको मृत्यु भएको छ । 

    सोमबार साँझसम्म टर्लिङ गाउँका १३० स्थानीयमा भाइरल ज्वरो देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । ज्वरोका कारण गएको शुक्रबार टर्लिङका ६० वर्षीय टिकाबहादुर नगरकोटीको मृत्यु भएको कार्यालयका जनस्वास्थ्य अधिकृत नवदीप सिलवालले जानकारी दिए । नगरकोटीको खैराङ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो । 

    एकै गाउँमा ठूलो संख्यामा भाइरल ज्वरो फैलिएपछि चिकित्सकसहित राक्सिराङ गाउँपालिका कार्यालयबाट स्वास्थ्यकर्मीको टोली खटाइएको छ । बिरामी हुनेमा बालबालिकादेखि सबै उमेरका स्थानीय छन् ।

    बिरामीमा ज्वरो आउने, वाकवाकी लाग्ने, रुघाखोकी तथा छाती दुःख्ने लक्षण देखिएका छन् । दूषित पानीका कारण भाइरल ज्वरो फैलिएको हुन सक्ने स्वास्थ्य कार्यालयको अनुमान छ । यसको आधिकारिक रिपोर्ट भने आइनसकेको जनस्वास्थ्य अधिकृत सिलवालले बताए । 

    ज्वरो फैलिएको गाउँ खैराङ स्थानीय स्वास्थ्य चौकीबाट दुई घण्टाको पैदल दूरीमा छ ।

    प्रकाशित मिति :माघ २३ २०८० मंगलवार - १५:४०:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij