Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

दैनिक बिहान खाली पेट सुकमेल खानुहोस्, यस्तो समस्याबाट पाइन्छ राहत

दैनिक बिहान खाली पेट सुकमेल खानुहोस्, यस्तो समस्याबाट पाइन्छ राहत


  • 3.9K
    Shares

    दैनिक बिहान खाली पेट सुकमेल खानुहोस्, यस्तो समस्याबाट पाइन्छ राहत

    एजेन्सी । सुकमेलमा धेरै नै फाइदाजनक तत्व हुन्छन् । यसले शरीरलाई विभिन्न प्रकारले फाइदा दिने गर्छ । आज जानौं बिहान यसलाई खाली पेट सेवन गर्दा कस्ता फाइदा हुन्छन् भनेर 

    खाली पेट सुकमेलको सेवन गर्दा कयौं समस्याबाट राहत पाउन सकिन्छ । यसका लागि बिहान खाली पेट दुई वा तीनवटा सुकमेल चपाएर खान सक्नुहुन्छ । त्यसपछि एक गिलास तातो पानी पिउनुहोस् ।

    खाली पेट सुकमेल खाँदा पेट स्वस्थ राख्न सहयोग पुग्छ । साथमा यसले एसिडिटी र अपच जस्ता समस्या पनि कम हुन्छन् ।

    दैनिक खाली पेट दुई वा तीनवटा सुकमेल चपाउनुहुन्छ भने भोक नलाग्ने समस्या पनि कम हुन्छ । साथमा शारीरिक कमजोरी पनि हट्छ ।

    बिहान खाली पेट तातो पानीसँग सुकमेल खानाले कपाललाई पनि स्वस्थ बनाउन सकिन्छ । सुकमेलमा भरपूर मात्रामा पोटाशियम र फाइबर हुन्छ । यसले रक्तसञ्चारलाई राम्रो बनाउँछ ।

    यसमा एन्टी ब्याक्टेरियल गुण पाइने भएकाले घाँटी दुखेको वा रुघाखोकीमा पनि राम्रो काम गर्छ ।

    प्रकाशित मिति :माघ २३ २०८० मंगलवार - ११:४७:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij