Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

दैनिक बिहान खाली पेट सुकमेल खानुहोस्, यस्तो समस्याबाट पाइन्छ राहत

दैनिक बिहान खाली पेट सुकमेल खानुहोस्, यस्तो समस्याबाट पाइन्छ राहत


  • 3.5K
    Shares

    • images
    दैनिक बिहान खाली पेट सुकमेल खानुहोस्, यस्तो समस्याबाट पाइन्छ राहत
    images

    एजेन्सी । सुकमेलमा धेरै नै फाइदाजनक तत्व हुन्छन् । यसले शरीरलाई विभिन्न प्रकारले फाइदा दिने गर्छ । आज जानौं बिहान यसलाई खाली पेट सेवन गर्दा कस्ता फाइदा हुन्छन् भनेर 

    खाली पेट सुकमेलको सेवन गर्दा कयौं समस्याबाट राहत पाउन सकिन्छ । यसका लागि बिहान खाली पेट दुई वा तीनवटा सुकमेल चपाएर खान सक्नुहुन्छ । त्यसपछि एक गिलास तातो पानी पिउनुहोस् ।

    खाली पेट सुकमेल खाँदा पेट स्वस्थ राख्न सहयोग पुग्छ । साथमा यसले एसिडिटी र अपच जस्ता समस्या पनि कम हुन्छन् ।

    दैनिक खाली पेट दुई वा तीनवटा सुकमेल चपाउनुहुन्छ भने भोक नलाग्ने समस्या पनि कम हुन्छ । साथमा शारीरिक कमजोरी पनि हट्छ ।

    बिहान खाली पेट तातो पानीसँग सुकमेल खानाले कपाललाई पनि स्वस्थ बनाउन सकिन्छ । सुकमेलमा भरपूर मात्रामा पोटाशियम र फाइबर हुन्छ । यसले रक्तसञ्चारलाई राम्रो बनाउँछ ।

    यसमा एन्टी ब्याक्टेरियल गुण पाइने भएकाले घाँटी दुखेको वा रुघाखोकीमा पनि राम्रो काम गर्छ ।

    प्रकाशित मिति :माघ २३ २०८० मंगलवार - ११:४७:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij