२०८२ भाद्र ९ गते सोमवार
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारले क्यान्सर रोग न्यूनीकरणका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन्।
आइतबार विश्व क्यान्सर रोग दिवसको अवसर पारेर मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् ।
क्यान्सर रोग तत्काल उन्मुलन गर्न सक्ने अवस्था नभएको उल्लेख गर्दै उनले त्यसको न्यूनीकरणका लागि सरकारले कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
उनले क्यान्सर न्यूनीकरणका लागि आ-आफ्नो ठाउँबाट सकेको योगदान पुर्याउन पनि सम्बन्धित सबै निकायलाई निर्देशन दिए। मन्त्री बस्नेतले क्यान्सर रोगविरुद्ध लड्ने आधार तत्काल पार्न पनि मातहतका निकायलाई सचेत गराए।
उनले सम्बन्धित निकायले सचेत भएर काम गरे क्यान्सर रोग नियन्त्रण गर्न कुनै कठिनाइ नहुनेसमेत स्पष्ट पारे।
मन्त्री बस्नेतले भने, ‘क्यान्सर रोगलाई यो देशबाट न्यूनीकरण गर्दै जाने कुरामा अहिले हामी उन्मूलन त तत्कालै भन्न सक्दैनौँ। न्यूनीकरण गर्दै जाने कुरामा धेरै ठुलो मद्दत मिल्छ भन्ने कुरामा मैले विश्वास गरेको छु।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij