Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

मन्त्री वसन्त नेम्वाङको मेडिसिटी अस्पतालको आईसीयुमा उपचार हुँदै

मन्त्री वसन्त नेम्वाङको मेडिसिटी अस्पतालको आईसीयुमा उपचार हुँदै


  • 2.1K
    Shares

    • images
    मन्त्री  वसन्त नेम्वाङको मेडिसिटी अस्पतालको आईसीयुमा  उपचार हुँदै
    images

    काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात तथा नेकपा एमालेका नेता वसन्त नेम्वाङको ललितपुरस्थित मेडिसिटी  उपचार भइरहेको छ।

    एमाले ताप्लेजुङको सचिवालय बैठकका लागि फुङलिङ पुगेका पूर्व भौतिकमन्त्री नेम्वाङ बसेकै ठाउँमा यही बुधबार एक्कासि ढलेका थिए।

    फुङलिङमा एक्कासि बिरामी परेपछि उनलाई हेलिकप्टरमार्फत मेडिसिटी ल्याइएको थियो। नेम्वाङको सचिवालयका अुनसार अहिले उनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको छ।

    ‘उहाँको हिजोभन्दा आज सेन्स (बुझाई) राम्रो हुँदै गएको छ,’ स्वकीय सचिव गणेश योञ्जनले भने, ‘शरीरको दायाँ भाग चलिरहेको छैन।’ नेम्वाङको उपचार मेडिसिटीको आईसीयूमा भइरहेको पनि उनले बताए।

    ‘अहिले आईसीयुमा  उपचार भइरहेको छ,’ उनले भने, ‘केही सुधार भएपछि क्याबिनमा राख्ने गरी चिकित्सकसँग कुराकानी भइरहेको छ।’ 

    चिकित्सकहरूले कम्तीमा ७२ घन्टा आईसीयूमै उपचार गर्नुपर्ने बताएका छन्। नेम्वाङलाई बाहिरको खाना दिइएको छैन। ‘अस्पतालले नै उहाँलाई केही खाना खुवाएको छ, बाहिरको खाना दिइएको छैन।’

    गत बुधबार खाना खाएर फुङलिङस्थित पाथिभरा गेस्ट हाउसमै बसेको ठाउँबाट उठ्न नसकेपछि नेम्वाङलाई सुरुमा जिल्ला अस्पताल पुर्‍याइएको थियो।  

    त्यहाँ उपचार सम्भव नभएपछि नेम्वाङलाई हेलिकप्टरमार्फत ल्याइएको हो। नेम्वाङ नेकपा एमाले ताप्लेजुङका इन्चार्ज हुन्। उनी पाँचथरबाट प्रतिनिधिसभामा निर्वाचित सांसद पनि हुन्।

    प्रकाशित मिति :माघ १९ २०८० शुक्रवार - १२:५२:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij