Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

काठमाडौँ महानगरमा स्वास्थ्य बीमाः पाँच वडाबाट बीमितलाई प्रथम सेवा

काठमाडौँ महानगरमा स्वास्थ्य बीमाः पाँच वडाबाट बीमितलाई प्रथम सेवा


  • 2.5K
    Shares

    • images
    काठमाडौँ महानगरमा स्वास्थ्य बीमाः पाँच वडाबाट बीमितलाई प्रथम सेवा
    images

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत प्रथम सेवा पाँच वडा कार्यालयमा रहेका आधारभूत स्वास्थ्य सेवा प्रवर्द्धन केन्द्रमार्फत प्रदान गर्ने भएको छ ।  

    त्यसअन्तर्गत अहिले वडा नं ८, १४, १९, २६ र ३० का कार्यालयमा रहेको स्वास्थ्य सेवा प्रवर्द्धन केन्द्रमार्फत सेवा दिने बताइएको छ । कामपाको स्वास्थ्य बीमा कार्यक्रमका स्रोतव्यक्ति कमल भट्टराईका अनुसार सुरुका पाँचवटा वडाबाट सेवा दिने र केही महिनापछि महानगरमा रहेका ३२ वटै वडा कार्यालयमा रहेका स्वास्थ्य सेवा केन्द्रबाट बीमितलाई सेवा प्रवाह गर्ने तयारी रहेको छ । 

    स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न गत पुस ११ गते महानगर र स्वास्थ्य बीमा बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । बीमितहरुका लागि प्रथम सेवा विन्दु कामपाको स्वास्थ्य प्रवद्र्धन केन्द्रमार्फत गरिने भए पनि रोगको प्रकृति र आवश्यकता हेरेर थप उपचार अन्य सरकारी अस्पतालमा समेत पठाइने महानगरले जनाएको छ ।

    बीमितहरुले बीमा गरेको अवधि तीन महिना पुगेपछि रु एक लाख बराबरको स्वास्थ्य उपचार सेवा लिन पाइने महानगरले जनाएको छ । बीमाअनुसार उपचार प्रप्त गर्नका लागि वार्षिक रु तीन हजार पाँच सय रकम तिनुपर्ने छ । उक्त सुविधा नेपाली नागरिक जो सुकैले पनि लिन सक्ने कामपाले स्पष्ट पारेको छ ।   

    बीमा गरेकोप्रति पाँचजनाको परिवारलाई एउटा एकाइ मानेर एक वर्षमा रु एक लाख बराबरको निःशुल्क उपचार सेवा उपलब्ध हुनेछ । सो बराबरको रकम बीमा बोर्डले कामपाअन्तर्गत रहेको प्रवर्द्धन केन्द्रलाई सोधभर्ना गर्नेछ । 

    स्वास्थ्य बीमा ऐन २०७४, स्वास्थ्य बीमा नियमावली २०७५ र स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति गठन तथा सञ्चालन कार्यविधि, २०७८ ले तोकेका मापदण्डका आधारमा सेवा सञ्चालन हुने बताइएको छ । ३२ वटै वडाका लागि बीमा दर्ता सहयोगी छनौट कार्य सम्पन्न भइसकेको छ । कार्यक्रम सञ्चालनका लागि जनप्रतिनिधि, कर्मचारी र दर्ता सहयोगीलाई स्वास्थ्य बीमासम्बन्धी अभिमुखीकरण कार्यक्रम पनि तत्काल सुरु गर्ने कामपाको तयारी रहेको छ । 

    प्रकाशित मिति :माघ १६ २०८० मंगलवार - १४:२४:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij