Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

क्रिकेट कप्तान रोहितले छोडे आर्मी क्लब

क्रिकेट कप्तान रोहितले छोडे आर्मी क्लब


  • 3.6K
    Shares

    • images
    क्रिकेट कप्तान रोहितले छोडे आर्मी क्लब
    images

    काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले त्रिभुवन आर्मी क्लब छाड्ने भएका छन् । पौडेलले क्लबमा करार नवीकरण नगर्ने निर्णय सुनाएको नेपाली सेना स्रोतले जानकारी दियो ।

    ‘उहाँले अब आर्मीबाट नखेल्ने जानकारी गराउनु भएको छ । करारमा भएका खेलाडीले भएकाले उहाँको यो व्यक्तिगत निर्णय हो’, आर्मी स्रोतले भन्यो । घरेलु क्रिकेट प्रतियोगिता खेल्न चार वर्षअघि रोहित आर्मीमा आबद्ध भएका थिए। यसबीचमा उनी करारमा थिए ।

    स्रोतका अनुसार उनलाई आर्मीमै भर्ना पनि गर्न खोजिएको थियो । ‘गत वर्ष उहाँलाई आर्मीमै आबद्ध गर्ने विषयमा कुराकानी पनि भएको थियो । यो वर्ष गर्ने कुरा भइरहँदा उनले अब निरन्तरता दिन नसक्ने जानकारी गराउनु भयो’, आर्मी स्रोतले भन्यो ।

    रोहितले अब घरेलु क्रिकेट कहाँबाट खेल्छन् भन्नेबारे केही खुलेको छैन । रोहित एक वर्षयता नेपाली राष्ट्रिय टोलीको कप्तान रहेका छन् ।

    प्रकाशित मिति :पौष २६ २०८० बिहिवार - १६:१८:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij