Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

प्रधानमन्त्री कप महिला टी-२० : सुदूरपश्चिम क्वालिफायरबाटै बाहिरियो

प्रधानमन्त्री कप महिला टी-२० : सुदूरपश्चिम क्वालिफायरबाटै बाहिरियो


  • 2.4K
    Shares

    • images
    प्रधानमन्त्री कप महिला टी-२० : सुदूरपश्चिम क्वालिफायरबाटै बाहिरियो
    images

    काठमाडौँ । साविक विजेता सुदूरपश्चिम प्रदेश काठमाडौँमा जारी प्रधानमन्त्री कप महिला टी २० प्रतियोगिताको क्वालिफायरबाटै बाहिरिएको छ। 

    सोमबार भएको दोस्रो क्वालिफायरमा कोशी प्रदेशसँग १० विकेटको फराकिलो हार व्यहोर्दै सुदूरपश्चिम बाहिरिएको हो। अघिल्लो संस्करण सुदूरपश्चिमले कोशी प्रदेशलाई नै हराउँदै उपाधि जितेको थियो। 

    कोशीले अब उपाधिका लागि बुधबार एपीएफको सामना गर्नेछ। कोशी प्रदेश पहिलो क्वालिफायरमा एपीएफसँग ५२ रनले पराजित हुँदै दोस्रो क्वालिफायरमा खेलेको हो। सुदूरपश्चिमले दिएको ८९ रनको सामान्य लक्ष्य कोशीले १३ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। 

    पहिलो विकेटका लागि कप्तान रुविना क्षत्री र काजल श्रेष्ठले ५९ रनको साझेदारी गर्दै कोशीलाई जित नजिक पुर्याएका थिए। कप्तान रुविनाले २३ बलमा ७ चौका र १ छक्का मद्धतमा ३७ रन बनाउँदा क्याच आउट भइन्। काजल श्रेष्ठ ३८ र अप्सरी वेगम १२ रनमा नटआउट रहे। काजलले ३५ बलमा ७ चौका प्रहार गरिन्। अप्सरीले २१ बलमा २ चौका हानिन्। 

    सुदुरपश्चिमका लागि लक्ष्मी साउदले १ विकेट झारिन्। त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कोशी प्रदेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ८८ रनको योगफल तयार पार्यो।

    सम्झना खड्काले बनाएको २५ रन नै कोशीका लागि सर्वाधिक रह्यो। २४ बलमा ४ चौका प्रहार गरिन्। ओपनर बिन्दु रावल १७ रनमा रन आउट भइन्। रेवती धामी ४ रनमा बोल्ड आउट भइन्। कविता धामी १५ रनमा क्याच आउट भइन्। 

    रुवि पोडार र अनु कठायत समान ७ रन बनाउँदा आउट भए। लक्ष्मी साउद ७ र सावित्री धामी शुन्य रनमा नटआउट रहे। कप्तान रितु कनौजिया शुन्य रनमा रनआउट भइन्।

    कोशीका लागि संगिता राईले दुई विकेट लिइन्। सवनम राई, नशिा शाह र एलिसा खाडियाले एक विकेट झारे।

    प्रकाशित मिति :पौष १६ २०८० सोमवार - १४:४६:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij