Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

महिला क्रिकेटमा कोशीको लगातार तेस्रो जित

महिला क्रिकेटमा कोशीको लगातार तेस्रो जित


  • 2.2K
    Shares

    • images
    महिला क्रिकेटमा कोशीको लगातार तेस्रो जित
    images

    काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा कोशी प्रदेशले लगातार तेस्रो खेल जितेको छ । त्यसक्रममा आइतबार कोशीले मधेस प्रदेशलाई ६० रनको फराकिलो अन्तरले हरायो ।

    कीर्तिपुरमा जितका लागि १३० रनको लक्ष्य पछ्याएको मधेशले २० ओभरमा ९ विकेट गुमाएर ६९ रन मात्र बनाउन सक्यो । मधेशका लागि साना प्रविनले नट आउट २७ रन बनाइन् भने आरती महतोले १८ रन बनाइन् ।

    कोशीका सबनम राई र अलिशा खडियाले समान २ विकेट लिए । यसअघि कप्तान रुबिना क्षेत्री र अप्सरी बेगमको शतकीय साझेदारीमा कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १२९ रन बनाएको थियो ।

    कोशीले पहिलो खेलमा कर्णालीलाई १० विकेट र बागमतीलाई ८ विकेटले पराजित गरेको थियो । मधेशको यो लगातार तेस्रो हार हो । यसअघि मधेश एपीएफ र बागमतीसँग पराजित भएको थियो ।

    प्रकाशित मिति :पौष ८ २०८० आइतवार - १२:४४:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij