Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

आज एनएसएलमा दुई खेल : इलाम–ललितपुर तथा बुटवल–पोखरा भिड्दै

आज एनएसएलमा दुई खेल : इलाम–ललितपुर तथा बुटवल–पोखरा भिड्दै


  • 2.5K
    Shares

    • images
    आज  एनएसएलमा दुई खेल : इलाम–ललितपुर तथा बुटवल–पोखरा भिड्दै
    images

    काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) मा मंगलबार दुई खेल हुँदै छन्। मंगलबार दिउँसो हुने पहिलो खेलमा स्पोर्टिङ इलाम एफसी र ललितपुर सिटी एफसी भिड्ने भएका छन्। सो खेल दिउँसो १ बजे सुरु हुनेछ। 

    नव प्रवेशी इलाम भने एनएसएलको सुखद अन्त्य गर्न चाहन्छ। यसअघि नै प्ले अफ दौडबाट बाहिरिसकेको इलाम आज अन्तिम खेल खेल्दै छ। इलामले लिगका ७ खेलमा १ खेलमा मात्र जित हासिल गरेको छ। २ खेलमा बराबरी र चार खेलमा हार भोगेको इलामले ५ अंक बनाएको छ। 

    ललितपुर आजको खेलमा इलामलाई हराउँदै शीर्ष स्थानमा उक्लँदै प्ले अफमा स्थान पक्का गर्न चाहन्छ। तेस्रो स्थानमा रहेको ललितपुरको ६ खेलबाट १० अंक बनाएको छ। शीर्ष स्थानको धनगढीको समान ६ खेलमा १२ अंक छ।

    आजैको दोस्रो खेलमा बुटवल लुम्बिनी एफसी र पोखरा थन्डर्स भिड्नेछन्। सो खेल साँझ ५ बजे सुरु हुनेछ। पोखरा ६ खेलमा ११ अंकसहित दोस्रो स्थानमा रहँदा बुटवल भने समान ६ खेलमा ७ अंक जोड्दै छैटाैँ स्थानमा छ। 

    बुटवल आजको खेल जित्दै प्ले अफ सम्भावना बलियो बनाउन चाहन्छ।

    प्रकाशित मिति :पौष ३ २०८० मंगलवार - १२:०९:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij