२०८२ भाद्र ९ गते सोमवार
यू-१९ एसिया कप अन्तर्गत भारतविरूद्ध नेपालले खराब ब्याटिङ गरेको छ।
दुबईस्थित आइसिसी एकेडेमी ओभल-२ मा जारी खेलमा भारतले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले १० ओभर नसकिदै ६ विकेट गुमाइसकेको छ।
पाँचौ ओभरको दोस्रो बलमा नेपालका ओपनर दीपक बोहरालाई भारतका राज लिम्बानीले १ रनमै आउट गरे।
नेपालले सातौं ओभरमा दोस्रो बलमा दोस्रो विकेट गुमायो। उत्तम थापा मगर शुन्यमा राजबाटै बोल्ड भए। यस्तै आठौं ओभरमा तेस्रो बलमा अर्जुन कुमाल ७ रनमा क्याच भए।
यस्तै नेपालले कप्तान देव खनाल नवौ पाँचौ बलमा २ रन र दीपक डुम्रे छैटौं बलमा शून्यमा आउट भए। दुवैलाई राज लिम्बानीले पेभिलियनको बाटो देखाए।
दशौं ओभरको पाँचौ बलमा गुल्सन झा ४ रनमा आराध्य शूक्लाको एलबिडब्लूको धरापमा परे। जसका कारण नेपालले १० ओभरमा ६ विकेट गुमाउँदा २१ रन मात्र जोड्यो। समूह ‘ए’ मा रहेको भारत र नेपाल दुबैले आज समूह चरणको अन्तिम खेल खेल्दै छन्।
यसअघि समूह चरणको दुई खेलमा भारतले एक जित र एक हार व्यहोरेको थियो। उसले अफगानिस्तानविरूद्ध सात विकेटको जित निकाल्दा पाकिस्तानसँग ८ विकेटको हार व्यहोरेको थियो।
नेपाल भने समूह चरणको दुबै खेलमा पराजित भएको थियो। नेपाल अफगानिस्तानसँग ७३ रन र पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij