Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

यू-१९ एसिया कपः अफगानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य

यू-१९ एसिया कपः अफगानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य


  • 3.2K
    Shares

    • images
    यू-१९ एसिया कपः अफगानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य
    images

    काठमाडौं । यूएईमा जारी यू-१९ एसिया कपको दोस्रो म्याचमा नेपाललाई अफगानिस्तानले २६२ रनको लक्ष्य दिएको छ । अफगानिस्तानका लागि जमसिद जद्रानले शानदार शतक प्रहार गरे ।

    दुबईमा रहेको आइसिसी एकेडेमी ओभल–२ मा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले निर्धारित ४९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै २ सय ६१ रन बनायो ।

    अफगानिस्तानका लागि जमशीद जद्रानले सतकीय इनिङ खेले । उनले १ सय ५३ बलमा १ सय ६ रनको सतकीय इनिङ खेले । नुमान शाहले ६०, रहिमुल्लाह जुर्मतीले ३५ र वफीउल्लाह तराखिलले १५ रन जोडे ।

    बलिङतर्फ नेपालका गुल्सन झा, हेमन्त धामी र सुभाष भण्डारीले २(२ विकेट लिए । आकाश चन्द्र र दीपेश कडेलले १(१ विकेट लिए ।

    ३३ रनमा ३ विकेट गुमाएको अफगानिस्तानको इनिङलाई रहिमुल्लाह जुर्मती र जमशीद जद्रानले सम्हालेका थिए । उनीहरूले १ सय ३४ बलमा ८४ रनको साझेदारी गरे ।

    प्रकाशित मिति :मंसिर २४ २०८० आइतवार - १५:२०:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij