Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

गुल्सन झाले लिए अफगानिस्तानको पहिलो विकेट

गुल्सन झाले लिए अफगानिस्तानको पहिलो विकेट


  • 3.9K
    Shares

    • images
    गुल्सन झाले लिए अफगानिस्तानको पहिलो विकेट
    images

    यूएईको आइसीसी एकेडेमी ओभल–२ मा जारी एसीसी यू–१९ एसिया कपमा अफगानिस्ताविरुद्ध नेपालले अफगानिस्तानको पहिलो विकेट लिएको छ । 

    अलराउन्डर गुल्शन झाले नेपाललाई पहिलो सफलता दिलाएका हुन्। गुल्शनले अफगानिस्तानका ओपनर वाफिउल्लाह ताराखिललाई १५ रनमा कप्तान देव खनालको हातबाट क्याच आउट गराए।

    खालिद तनिवाल २ रनमा नटआउट छन्। अहिले क्रिजमा जम्सिद जड्रान आएका छन्। नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अफगानिस्तानले दोस्रो ओभरको खेल जारी रहँदा १ विकेटको क्षतिमा १७ रन बनाएर खेलिरहेको छ। 

    नेपाललाई सेमिफाइनलमा स्थान बनाउन आजको खेल जित्नैपर्ने दबाब छ। आजको खेल हारे नेपालको सेमिफाइनल सम्भावना कठिन बन्नेछ। 

    पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको नेपाल आजको खेल जित्न चाहन्छ।  अफगानिस्तान पनि आजको खेलमा नेपाललाई हराउँदै सेमिफाइनल सम्भावना कायमै राख्न चाहन्छ।

    अफगानिस्तान पहिलो खेलमा भारतसँग ७ विकेटले हारेको थियो।

     

    प्रकाशित मिति :मंसिर २४ २०८० आइतवार - ११:४९:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij