Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

एसिया कप : आज नेपाल र पाकिस्तान भिड्दै

एसिया कप : आज नेपाल र पाकिस्तान भिड्दै


  • 2.8K
    Shares

    • images
    एसिया कप : आज नेपाल र पाकिस्तान भिड्दै
    images

    काठमाडौँ । यूएईमा आजदेखि सुरू हुने १९ वर्षमुनिको एकदिवसीय एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानको सामना गर्दैछ ।

    खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे दुबईको आईसीसी ओभल क्रिकेट मैदानमा सुरु हुनेछ । आजै अर्को खेलमा अफगानिस्तानले भारतीय टोलीको सामना गर्दैछ ।

    पुस १ गतेसम्म चल्ने प्रतियोगितामा नेपालसहित ८ देशको सहभागिता छ। नेपाल, भारत, अफगानिस्तान र पाकिस्तान समूह ‘ए’ मा छन् भने युएई, जापान, श्रीलङ्का र बङ्गलादेश समूह ‘बी’मा छन् ।

    एसिया कपलाई आगामी वर्ष दक्षिण अफ्रिकामा हुने यू–१९ विश्वकप खेलको तयारीको रूपमा पनि हेरिएको छ । अहिले सहभागी टिममध्ये यूएई र जापानबाहेकका सबै टोलीले विश्वकप खेल्नेछन् ।

    विश्वकपमा नेपालको समूह ‘डी’मा छ, जहाँ न्यूजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान छन् । नेपालले पछिल्ला ११ अन्तर्राष्ट्रिय यू–१९ खेलमा अपराजित रहँदै दुई उपाधि जितेको छ ।

    प्रकाशित मिति :मंसिर २२ २०८० शुक्रवार - १०:५१:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij