Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

आर्मीलाई हराउँदै मधेश प्रदेशले जित्यो केपी ओली कप क्रिकेटको उपाधि

आर्मीलाई हराउँदै मधेश प्रदेशले जित्यो केपी ओली कप क्रिकेटको उपाधि


  • 3.2K
    Shares

    • images
    आर्मीलाई हराउँदै मधेश प्रदेशले जित्यो केपी ओली कप क्रिकेटको उपाधि
    images

    पोखरा । त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पोखरामा आज शुक्रबार सम्पन्न केपी अ‍ोली कप टी–२० कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ।

    आर्मीलाई ११ रनले हराउँदै मधेशले पहिलो ऐतिहासिक उपाधि जितेको हो। उपाधिसँगै मधेशले ५ लाख रुपैयाँ प्राप्त भएको छ। उपविजेता भएको आर्मीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ। 

    आर्मीका ओपनर सन्तोष कार्की १६ र कप्तान विनोद भण्डारी एलबीडब्लु धरापमा परे। १३ बलमा ३ चौका हानेका कार्की १६ रन बनाउँदा प्रदीप पासवानको बलमा एलबीडब्लु धरापमा परे। ३० बलमा ५ चौका हानेका कप्तन भण्डारी ३२ रनमा आउट भए। 

    मधेशका हरिशंकर शाह एक्लैले चार विकेट लिए। उनले आफ्नो स्पेलमा १९ रन खर्चे। प्रार्थिक यादव, प्रदीप पासवानले समान एक् विकेट आफ्नो नाममा गरे।

    त्यसअघि पोखरा रगंशालाभित्र रहेको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३५ रनको योगफल तयार पारेको थियो।

    मधेशका विशाल पटेल ४९ रनमा नटआउट रहे। ३२ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। प्रदिप पासवान चार रनमा अविजित रहे। ओपनर तथा कप्तान हरिशंकर शाह २७ रनमा क्याच आउट भए। हिमांशु दत्ता १४ र विशाल सुस्लिङ १० रनमा आउट भए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

    आर्मीका लागि विवेक यादव र शाहब आलमले समान ३ विकेट लिए। सोमपाल कामी र बसिर अहमदले समान १ विकेट आफ्नो नाममा गरे।

    प्रकाशित मिति :मंसिर १५ २०८० शुक्रवार - १६:०३:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij