Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

केपी ओली कप : उपाधि जित्न आर्मीलाई १३६ रनको लक्ष्य

केपी ओली कप : उपाधि जित्न आर्मीलाई १३६ रनको लक्ष्य


  • 3.0K
    Shares

    • images
    केपी ओली कप : उपाधि जित्न आर्मीलाई १३६ रनको लक्ष्य
    images

    पोखरा । केपी ओली कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जित्नका लागि त्रिभुवन आर्मी क्लबले १ सय ३६ रनको लक्ष्य पाएको छ ।

    पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रन बनायो । मधेसका विशाल पटेलले सर्वाधिक ४९ रनमा अविजित रहे । उनले ३२ बलमा ३ चौका, ३ छक्का प्रहार गरे ।

    कप्तान हरिशंकर शाहले २७, अनिल शाह ६, इम्रान शेखले ८, पवन सराफले ९, हिमान्सु दत्तले १४, विशाल सुस्लिङले १०, प्रदीप पासवानले ४, मायन यादवले ३ रन बनाएर आउट भए ।

    बलिङतर्फ आर्मीका साहब आलम र विवेक यादवले सर्वाधिक ३-३ विकेट लिए । सोमपाल कामी र बसिर अहमदले १-१ विकेट लिए ।

    प्रकाशित मिति :मंसिर १५ २०८० शुक्रवार - १५:१६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij