Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

बागमतीलाई पराजित गर्दै आर्मी फाइनलमा प्रवेश

बागमतीलाई पराजित गर्दै आर्मी फाइनलमा प्रवेश


  • 2.4K
    Shares

    • images
    बागमतीलाई पराजित गर्दै आर्मी फाइनलमा प्रवेश
    images

    काठमाडौँ । त्रिभुवन आर्मी क्लब केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि नजिक पुगेको छ।

    बिहीबार पोखरा क्रिकेट मैदानमा भएको सेमिफाइनलमा बागमती प्रदेशलाई ४ विकेटले पराजित गर्दै उपाधि आर्मी उपाधि नजिक पुगेको हो।

    बागमतीले दिएको १२८ रनको लक्ष्य आर्मीले ६ विकेटको क्षतिमा १५ ओभरमै पूरा गर्‍यो। आर्मीको जितमा भीम सार्कीले ३९ रन र सोमपाल कामीले नटआउट १४ रन जोडे। भीमले ३५ बलमा ५ चौका तथा सोमपालले १२ बलमा १ छक्का प्रहार गरे।

    कुशल मल्लले ८ बलमा ४ छक्का प्रहार गर्दै २७ रन बनाए। कप्तान विनोद भण्डारीले १२ बलमा ३ चौका र २ छक्काको मद्दतमा २५ रन जोड्दा अरू ब्याटर दोहोरो अङ्कमा रन नजोड्दै आउट भए। बलिङमा बागमतीमा कप्तान सन्दीप लामिछानेले २ विकेट हात पारे।

    त्यसअघि पोखरा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले ७ विकेटको क्षतिमा १२७ रन मात्र जोड्न सक्यो।

     

     

    प्रकाशित मिति :मंसिर १४ २०८० बिहिवार - १२:५९:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij