Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

ढोरपाटन महिला भलिबल डबल लिग माघको तेस्रो सातादेखि 

ढोरपाटन महिला भलिबल डबल लिग माघको तेस्रो सातादेखि 


  • 2.3K
    Shares

    • images
    ढोरपाटन महिला भलिबल डबल लिग माघको तेस्रो सातादेखि 
    images

    काठमाडौं । २०६३ सालदेखि आयोजना हुँदै आएको ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपको १६औं संस्करण आगामी माघको दोस्रो सातादेखि सुरु हुने भएको छ ।

    आयोजक ढोरपाटन स्पोर्ट्स क्लबले मंगलवार पत्रकार सम्मेलनमार्फत महिला भलिबलको बहुप्रतिक्षित प्रतियोगिता माघ १२ देखि २२ गतेसम्म सञ्चालन गर्ने जानकारी दिएको हो । सो प्रतियोगिता नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्‌स क्लबको खेलमैदानमा सञ्चालन हुनेछ । पछिल्लो १५औं संस्करण २०७६ सालमा आयोजना भएको थियो । तर, कोरोना महामारीलगायत आर्थिक संकट भएपछि क्लबले तीन वर्षसम्म १६औं संस्करणको आयोजना गर्न सकेन ।

    यद्यपि, लामो समयको अन्तरालपछि महिला डबल लिग भलिबल पुनः सञ्चालनमा आउने भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष मनवीर छन्त्यालले पनि कोरोना महामारी, आर्थिक संकट र नेपाल भलिबल संघको चुनावका प्रतियोगिता गर्न नसकिएको उल्लेख गरे । लामो समयपछि प्रतियोगिता फर्काउन पाउँदा खुसी लागेको उनले बताए । यस वर्ष हुने प्रतियोगितामा ९ टोली सहभागी हुने सम्भावना रहेको अध्यक्ष छन्त्यालले जानकारी दिए ।

    तयारीका लागि उपत्यका बाहिरका टोलीलाई ८० हजार, न्यु डायमन्ड क्लबलाई ५० हजार र अन्य क्लबलाई ३० हजार प्रदान गर्ने आयोजकले जनाएको छ । यस प्रतियोगितामा सबैभन्दा सफल एपीएफ क्लबले सातपटक र पोखराको ज्ञानुबाबा स्कुलले पाँचपटक उपाधि जितेको छ । नेपाल पुलिस क्लब, रिड मोडल कलेजले समान एकपटक जितेको छ । पहिलो संस्करणमा पुरुषहरूको प्रतिस्पर्धा हुँदा त्रिभुवन आर्मीले जितेको थियो । हालसम्म ४३ महिला खेलाडी र तीन दर्शकले पुरस्कारबापत स्कुटर जितेका छन् ।

    यसअघिका संस्करणमा एक दर्शकसहित चार खेलाडीलाई स्कुटर प्रदान गर्दै आएको थियो । यसपटक भने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मात्र स्कुटर प्रदान गर्ने आयोजकले जनाएको छ ।

    यसपटक प्रतियोगिताको पुरस्कार राशि बढ्दा विजेताले पाँच लाख एक हजार, उपविजेताले दुई लाख ५० हजार, तेस्रो हुनेले एक लाख २५ हजार, चौथोले ७५ हजार, पाँचौंले ५० हजार र छैटौं हुनेले २५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

    विधागत उत्कृष्ट खेलाडीले जनही पाँच हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रतियोगिता लागि ५१ लाख पाँच हजार रुपैयाँ अनुमानित खर्च हुने आयोजकले उल्लेख गरेको छ । 

    प्रकाशित मिति :मंसिर १३ २०८० बुधवार - ०७:२३:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij