Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

विश्वकप फुटबल छनोट : यमनविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा, को–को छन् टिममा ?

विश्वकप फुटबल छनोट : यमनविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा, को–को छन् टिममा ?


  • 3.0K
    Shares

    • images
    विश्वकप फुटबल छनोट : यमनविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा, को–को छन् टिममा ?
    images

    काठमाडौँ । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटको दोस्रो चरण अन्तर्गत यमन विरुद्ध खेल्ने नेपाली टोली घोषणा भएको छ । आज बेलुका ७ बजे दशरथ रंगशालामा हुने खेलका लागि एन्फाले २३ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।


    टोलीमा डिफेण्डर अनन्त तामाङ र मिडफिल्डर दिनेश हेन्जनले कमब्याक गरेका छन् । चोटका कारण दुवै खेलाडी युएई विरुद्धको खेलमा टिममा थिएनन् । यस्तै युएई विरुद्धको खेलमा घाइते भएका मिडफिल्डर लकेन लिम्बु भने टिममा छैनन् ।

    यसबाहेक युएई विरुद्धको खेलका लागि पहिलो पटक नेपाली टिममा परेका निसान हमाल पनि यमन विरुद्ध खेल्ने टिममा छैनन् ।

    नेपाली टोली

    गोलकिपर : किरण कुमार लिम्बु, दीप कार्की, अभिषेक बराल ।

    डिफेण्डर : अमृत श्रेष्ठ, अन्जन राई, अनन्त तामाङ, छिरिङ लामा, सनिश, रोहित चन्द, योगेश गुरुङ ।

    मिडफिल्डर : एरिक विष्ट, उत्सव राई, सेसेहाङ आङदम्बे, दिनेश हेन्जन, कृतिश रत्न छुन्चु ।

    फरवार्ड : जिलेस्पी जंग कार्की, आशिष चौधरी, राजेश परियार, सन्जिव विष्ट, अन्जन विष्ट, हिसुब थपलिया, आयुष घलान, मनिष डाँगी ।

    प्रकाशित मिति :मंसिर ५ २०८० मंगलवार - १३:४७:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij