Logo

२०८२ फाल्गुण २९ गते शुक्रवार

२०८२ फाल्गुण २९ गते शुक्रवार

बुबाको हत्या आफ्नै छोराले गरेको खुलेपछि ...

बुबाको हत्या आफ्नै छोराले गरेको खुलेपछि ...


  • 610
    Shares

    बुबाको हत्या आफ्नै छोराले गरेको खुलेपछि ...

    स्याङजा । बुवाको हत्यामा आफ्नै साहिंला छोराको संलग्नता देखिएपछि प्रहरीले ३६ बर्षीय तोरण कार्कीलाई कारागार पठाएको छ । 

    ७१ बर्षीय बुवाको हत्या आरोपित कार्कीलाई बिहीबाार साँझ पूर्वक्षका लागि कारागार चलान गरिएको छ ।

    घटना पुतलीबजार नगरपालिका–७ बाचपुरमा फागुन २ गतेको हो । साँझको खाना खाइवरी सुतेका तुलबहादुर भोलिपल्ट बिहान मृत भेटिएका थिए । छोरा कार्कीलाई नियन्त्रणमा लिएको प्रहरीले त्यसपछि घटनालाई सुक्ष्मरुपमा अनुसन्धान अगाडि बढायो । 

    कार्की सोही दिन बाचपुरबाट पक्राउ परेका थिए । कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । अनुसन्धान प्रक्रिया पुरा गरी बिहीबार अदालतमा उपस्थित गराइएका तोरणलाई अदालतकै आदेश बमोजिम पुर्पक्षका लागि जिल्ला कारागार स्याङ्जा चलान गरिएको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण २९ २०८२ शुक्रवार - १६:५२:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij