२०८२ भाद्र ९ गते सोमवार
हङकङमा जारी महिला टी-२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ।
चार देश सम्मिलित महिला टी-२० मा आइतबार बिहान जापानलाई ४५ रनले हराउँदै नेपाल तेस्रो भएको हो। हङकङ क्रिकेट क्लबको मैदानमा नेपालले दिएको ११६ रनको लक्ष्य पछ्याएको जापानले पूरा ओभर खेलेर ६ विकेटको क्षतिमा ७० रन मात्रै बनाउन सक्यो।
जापानका लागि ओपनर अकरी निशिमुराले ५१ बलमा २ चौका प्रहार गर्दै २९ रन बनाइन्। हिनासे गोटोले १६ र अहिल्या चन्डेलले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालका लागि संगीता राई, इन्दु बर्मा, सीता रानामगर, खुशी डंगोल र सोनी पाख्रिनले एक/एक विकेट लिए।
खेलमा पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा ११४ रन बनाएको थियो। नेपालका लागि ओपनर पुजा महतोले ४३ रन बनाइन्। उनले ५१ बलमा ३ चौका प्रहार गरिन्।
त्यस्तै रोमा थापाले १९ बलमा ३ चौका हानेर २२ रन बनाउँदा १९ बल खेलेकी रूबिना क्षेत्रीले २ चौका प्रहार गरी २१ रनको योगदान गरिन्। कप्तान इन्दु बर्माले २१ बलमा १ चौका प्रहार गरी १२ रन जोडिन्। बलिङतर्फ जापानकी अहिल्या चन्डेल, इरिका तोङ्ची क्वीन र अयुमी फुजिकावाले एक/एक विकेट लिइन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij