Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

यू-१९ एसिया कप क्रिकेट नेपालको पहिलो खेल पाकिस्तानसँग

यू-१९ एसिया कप क्रिकेट नेपालको पहिलो खेल पाकिस्तानसँग


  • 4.7K
    Shares

    • images
    यू-१९ एसिया कप क्रिकेट नेपालको पहिलो खेल पाकिस्तानसँग
    images

    काठमाडौँ । यसै वर्ष आयोजना हुने यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ । एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले बुधबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । 

    यू-१९ एसिया कप क्रिकेट संयुक्त अरब इमिरेट्स (यूएई) मा डिसेम्बर ८ देखि १७ तारिखसम्म आयोजना हुनेछ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । उक्त समूहमा बलिया टोलीहरु छन् । त्यो समूहमा नेपालका अतिरिक्त भारत, पाकिस्तान र अफगानिस्तान रहेका छन् । 

    यसैगरी प्रतियोगिताको समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, जापान र आयोजक यूएई रहेका छन् । नेपालले आफ्नो पहिलो खेल डिसेम्बर ८ मा पाकिस्तानसँग खेल्नेछ । सोही दिन भारत र अफगानिस्तानबिच अर्को खेल खेलिने छ ।

    यसैगरी नेपालले दोस्रो खेल डिसेम्बर १० मा अफगानिस्तानसँग खेल्नेछ । सोही दिन अर्को खेल भारत र पाकिस्तानबिच हुनेछ । नेपालले तेस्रो खेल डिसेम्बर १२ मा भारतसँग खेल्नेछ । सोही दिन अर्को खेल पाकिस्तान र अफगानिस्तानबिच हुनेछ । 

    पहिलो चरणको खेलको समाप्तिपछि समूह समूहबाट अंक तालिकामा सबैभन्दा माथि रहने दुई—दुई टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन् । दुबै सेमिफाइनल खेल डिसेम्बर १५ मा खेलिने छ । प्रतियोगिताको फाइनल खेल डिसेम्बर १७ मा खेलिने छ ।
     

    प्रकाशित मिति :कार्तिक २२ २०८० बुधवार - १५:५७:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij