Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

यू-१९ एसिया कपमा पनि नेपालका प्रतिद्वन्द्वी भारत र पाकिस्तान

यू-१९ एसिया कपमा पनि नेपालका प्रतिद्वन्द्वी भारत र पाकिस्तान


  • 2.9K
    Shares

    • images
    यू-१९ एसिया कपमा पनि नेपालका प्रतिद्वन्द्वी भारत र पाकिस्तान
    images

    काठमाडौं । यू-१९ एसिया कपमा नेपालले समूह चरणमै कठिन प्रतिद्वन्द्वीको सामना गर्ने भएको छ ।

    एसियन क्रिकेट काउन्सीलले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले क्रिकेटका दुई महाशक्ति भारत र पाकिस्तानसँग भिड्नुपर्ने भएको हो ।

    एसिया कपको आगामी संस्करण यूएईमा आउँदो ८ डिसेम्बरबाट सुरु हुँदै छ । नेपाल समूह ‘ए’ मा परेको छ, जहाँ भारत, पाकिस्तान र अफगानिस्तानसमेत छन् । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, यूएई र जापान छन् ।

    नेपालले पहिलो खेल पाकिस्तानसँग ८ डिसेम्बरमै खेल्ने छ । दुबईको आईसीसी एकेडेमी ओभलमा उक्त खेल स्थानीय समयअनुसार बिहान ९ः३० मा सुरु हुने जनाइएको छ । यस्तै, दोस्रो खेल नेपालले अफगानिस्तानसँग १० डिसेम्बरमा सोही मैदानमा खेल्ने छ । यसै गरी, तेस्रो तथा समूह चरणको अन्तिम खेल १२ डिसेम्बरमा नेपालले भारतसँग खेल्नेछ ।

    प्रत्येक समूहबाट शीर्ष दुई टीम सेमिफाइनलमा प्रवेश गर्नेछन् । दुवै सेमिफाइनल १५ डिसेम्बरमा दुई अन्तर्राष्ट्रिय रंगशालामा आयोजना हुने भएको छ । हालै भएको छनोट प्रतियोगिताबाट नेपालको यू१९ टिमले एसिया कपमा स्थान बनाएको थियो ।

    प्रकाशित मिति :कार्तिक २२ २०८० बुधवार - १३:१४:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij