Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

विश्वकपमा छनोट भएको नेपाली टोलीलाई क्यानद्वारा ५० लाख पुरस्कार दिने

विश्वकपमा छनोट भएको नेपाली टोलीलाई क्यानद्वारा ५० लाख पुरस्कार दिने


  • 2.4K
    Shares

    • images
    विश्वकपमा छनोट भएको नेपाली टोलीलाई क्यानद्वारा ५० लाख पुरस्कार दिने
    images

    काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ५० लाख नगदसहित सम्मान गर्ने भएको छ। 

    मंगलबार बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले टी–२० विश्वकपको एसिया क्षेत्र छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आगामी वर्ष हुने विश्वकपमा छनोट भएकाले क्रिकेट टोलीलाई ५० लाख नगद पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरिएको हो। 

    यस्तै क्यानका सचिव पारस खड्काका अनुसार हालै मलेसियामा सम्पन्न यू–१९ क्रिकेट प्रतियोगितामा विजयी हुँदै आगामी जनवरीमा सञ्चालन हुने यू–१९ एसिया कपमा छनोट हुन सफल भएकाले उक्त टिमका सदस्यहरुलाई पनि प्रतिव्यक्ति नगद ५० हजार उपलब्ध गराउने निर्णय गरिएको छ। 

    यस्तै क्रिकेट हङकङ चाइनाको आयोजनामा नोभेम्बर १५ देखि १९ सम्म चार राष्ट्रका महिला क्रिकेट टीमहरुबीच सञ्चालन हुने हङकङ महिला टी–२० सिरिजमा सहभागिता लागि निमन्त्रणा प्राप्त भएकाले नेपाली महिला टोलीलाई उता पठाउने निर्णय पनि भएको सचिव खड्काले जानकारी दिएका छन्। 

    यस्तै आईसीसी पुरुष टी–२० विश्वकप फाइनल एसिया प्रतियोगिताको फाइनल खेलमा बिक्री भएको टिकटबाट संकलित कूल रकमको ५० प्रतिशतले हुन आउने रकम हाल जाजरकोट भूकम्पबाट पीडितहरुलाई राहतका लागि उपलब्ध गराउने निर्णय पनि भएको छ।

    news.JPG

    प्रकाशित मिति :कार्तिक २१ २०८० मंगलवार - ०७:०५:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij