Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

विश्वकपमा पुगेको नेपाली टोलीलाई ५० लाख नगद दिने क्यानको निर्णय

विश्वकपमा पुगेको नेपाली टोलीलाई ५० लाख नगद दिने क्यानको निर्णय


  • 2.4K
    Shares

    • images
    विश्वकपमा पुगेको नेपाली टोलीलाई ५० लाख नगद दिने क्यानको निर्णय
    images

    काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले टी–२० विश्वकपमा छनोट हुने राष्ट्रिय टिमलाई ५० लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ ।

    आज सोमबार बसेको क्यानको बोर्ड बैठकले टोलीलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको क्यानका सचिव पारस खड्काले बताए ।

    काठमाडौंमा भएको टी–२० विश्वकपमा छनोटको सेमिफाइनलमा यूएईलाई हराउँदै नेपाल आउँदो वर्ष अमेरिका र वेष्ट इण्डिजमा हुने विश्वकपमा छनोट भएको थियो । तर फाइनलमा भने नेपाल ओमानसँग पराजित भएको थियो ।

    यस्तै बैठकले एसीसी यू–१९ प्रिमियर कप विजेता टोलीका सम्पूर्ण सदस्यलार्ई जनही ५० हजार रुपैयाँ नगद पुरस्कार दिने निर्णय पनि गरेको छ ।

    बैठकले हङकङमा हुने महिला टी–२० आई सिरिजमा नेपाली राष्ट्रिय महिला टिमले सहभागिता जनाउने निर्णय पनि गरेको खड्काले विज्ञप्ति निकालेर जानकारी दिएका छन् ।

    प्रकाशित मिति :कार्तिक २० २०८० सोमवार - १९:०९:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij