Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य

ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य


  • 2.0K
    Shares

    • images
    ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य
    images

    आइसिसी टी-२० विश्वकप एसिया छनोटमा नेपाललाई ओमानले १४६ रनको लक्ष्य दिएको छ। समूह ‘ए’ विजेताको टुंगो लाग्ने खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको ओमानले ९ विकेटको क्षतिमा १४५ रन जोड्यो।

    नेपालले ‍ओमानको पहिलो ओभरमै विकेट लियो। ओमानका ओपनर कश्यप प्रजापतिलाई करण केसीले पहिलो ‌ओभरको पाँचौ बलमा विकेट पछाडि विकेटकिपर आसिफ शेखबाट ८ रनको व्यक्तिगत स्कोरमा आउट गरे।सोमपाल कामीले ओमानका अबिक इल्यासलाई चौथो ओभरको पहिलो बलमा २ रनमा बोल्ड गरे।

    नेपालका लागि तेस्रो विकेट गुल्सन झाले पाँचौ ओभरको अन्तिम बलमा लिए। उनले प्रतिक अथाभलेलाई २४ रनमा कप्तान रोहित पौडेलबाट क्याच गराए। छैटौं ओभरमा सोमपाल कामीले सोएब खानलाई शून्यमा बोल्ड गरे। यससँगै नेपालले पाँच बलको बीचमा दुई विकेट लिन सफल भएको थियो।

    नेपालका लागि पाँचौ र छैटौं विकेट सन्दीप लामिछानेले लिए। सन्दीपले १४औं ओभरको पहिलो र दोस्रो बलमा लगातार विकेट लिएका थिए। सन्दीपले आयान खानलाई १८ रनमा बोल्ड गर्दा मोहरान खानलाई शून्यमा एलबिडब्लूको धरापमा पारे।

    अभिनास बोहराले ओमानका कप्तान जीशन मक्सुदलाई ३२ रनमा विकेटकिपर आसिफबाट क्याच गराए। उनले २६ बलमा १ चौका र ३ छक्का प्रहार गरेका थिए। १८औं ओभरको दोस्रो बलमा छक्का प्रहार गरेका ओमानका नीशन खुसीलाई २५ रनमा करण केसीले सन्दीपबाट क्याच गराए। करणले अन्तिम ओभरमा कलिमुल्लाहलाई ५ रनमा आउट गरे। ओमानका सकिल अहमद २२ रनमा नटआउट रहे।

    बलिङमा नेपालका करण केसीले ३ विकेट लिए। सन्दीप लामिछाने र सोमपाल कामीले २-२ विकेट लिन सफल भए। गुल्सन झा र अभिनास बोहराले १-१ विकेट हात पारे।

    समूह ‘ए’ मा नेपाल र ओमान यसअघि नै दुई खेल जितेर सेमिफाइनल पुगिसकेका छन्।  नेपालले पहिलो खेलमा सिंगापुरविरुद्ध ८ विकेट र दोस्रो खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो। ओमानले पहिलो खेलमा मलेसियालाई ३२ रन र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको थियो । आजको खेलले समूह विजेताको टुंगो लाग्नेछ।

    समूह ‘ए’ को विजेताले समूह ‘बी’को उपविजेता र समूह ‘ए’को उपविजेताले समूह ‘बी’ को विजेतासँग सेमिफाइनल खेल्नेछन्।

    समूह ‘बी’ बाट युएई सेमिफाइनल प्रवेश गरिसकेको छ। बाँकी एक टिमको टुंगो आजको खेलबाट लाग्नेछ। एसिया छनोटको फाइनल पुग्ने २ टिमले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकप खेल्नेछ।

    प्रकाशित मिति :कार्तिक १६ २०८० बिहिवार - १०:४५:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij