Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

सन्दीप लामिछानेले लिए एकै ओभरमा लगातार दुई विकेट

सन्दीप लामिछानेले लिए एकै ओभरमा लगातार दुई विकेट


  • 1.6K
    Shares

    • images
    सन्दीप लामिछानेले लिए एकै ओभरमा लगातार दुई विकेट
    images

    काठमाडौँ । टी—२० विश्वकप छनोट प्रतियोगितामा बिहीबार नेपाल र ओमानबिच समूहगत चरणको खेल भइरहेको छ । नेपालले टस जितेर ओमानलाई पहिलो ब्याटिङको निम्तो दिएको छ । पहिले ब्याटिङ गरेको ओमानले लगातार आफ्नो पाँचौँ र छैटौँ विकेट गुमाएको छ ।

    ओमानको पाँचौँ विकेट स्पिनर सन्दीप लामिछानेले लिए । उनले ओमानका ब्याट्सम्यान आयान खानलाई १८ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काए । सन्दीपले आयानलाई बोल्ड गरेका हुन् । आयानले पेभेलियन फर्किनुअघि २५ बलमा दुई चौका हिर्काएका थिए ।

    त्यसलगत्तै अर्को बलमा सन्दीपले मेहरान खानलाई एलबीडब्लूको धरापमा पारेका थिए । ओमानले १३।२ ओभरमा ८७ रन बनाएको छ ।

    प्रकाशित मिति :कार्तिक १६ २०८० बिहिवार - १०:२४:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij