२०८२ भाद्र ९ गते सोमवार
गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा ‘बृहत सांस्कृतिक कार्यक्रम एवम तेस्रो रन्चोक कप भलिवल प्रतियोगिता’ हुने भएको छ । दियालो युवा क्लबको आयोजनामा बारपाक सुुलिकोट गाउँपालिका–४, रन्चोकमा यहीँ कात्तिक २४ गतेदेखि २६ गतेसम्म प्रतियोगिता हुन लागेको क्लबका अध्यक्ष मिलन सुनारले जानकारी दिए ।
तिहार तथा छठ पर्व २०८० को अवसर पारेर क्लबले गाउँटोल स्तरीय मैत्रीपूर्ण पुरुष भलिवल प्रतियोगिताको आयोजना गरेको उनले बताए । प्रतियोगितामा पहिलो हुने टिमले रु २० हजार रुपैया, दोस्रो हुने टिमले रु १५ हजार रुपैया र तेस्रो हुने टिमले रु ९ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन चाहाने टिमले कात्तिक २३ गतेसम्म टिम दर्ता गर्न सक्नेछ । टिम दर्ताका लागि ३ हजार रुपैया शुल्क तोकिएको अध्यक्ष सुनारले जानकारी दिए । कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुको सांगीतिक प्रस्तुती हुने समेत उनले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij