२०८२ भाद्र ९ गते सोमवार
काठमाडौँ । सन् २०२४ मा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा स्थान पक्का गर्ने लक्ष्यसहित एसियाली क्षेत्रका आठवटा राष्ट्र सोमबारदेखि नेपालका दुईवटा रंगशालामा प्रतिस्पर्धा गर्दैछन् ।
घरेलु टोली नेपालले सोमबार सिंगापुरसँग भिड्दै आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सुरुआत गर्दैछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल आज बिहान ९ बजे सुरु हुनेछ। उपाधिको दाबेदार मानिएको नेपाल सिंगापुरलाई हराउँदै टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सुरुआत गर्न चाहान्छ।
यसअघि भएको त्रिकोणात्मक टी–२० आई सिरिजबाट स्पिनर सूर्य तामाङ, श्याम ढकाल, सागर ढकाल र लोकेश बम बाहिरिएका छन्। नेपाल टी–२० आई वरियताको १६ औं स्थानमा छ। सिंगापुर भने वरियताको ३६ औं स्थानमा छ।
आजै हुने अर्को खेलमा समूह बी का युएई र बहराइन बिहान ९ बजे मुलपानी मैदानमा खेल्नेछन्। आजको तेस्रो खेलमा समूए का ओमान र मलेसिया त्रिवि मैदानमा भिड्दा समूह बी का हङकङ र कुवेत मुलपानी मैदानमा दिउँसो सवा १ बजे खेल्नेछन्।
प्रतियोगिता कात्तिक १३ देखि १९ गतेसम्म मुलपानी र टीयू क्रिकेट मैदानमा हुनेछ।
नेपाली टोली
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जि.सी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij