Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

एसीसी यू-१९ प्रिमियर कप : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१९ प्रिमियर कप : नेपालको लगातार दोस्रो जित


  • 2.5K
    Shares

    • images
    एसीसी यू-१९ प्रिमियर कप : नेपालको लगातार दोस्रो जित
    images

    एसीसी यू-१९ प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित निकालेको छ।   आज सम्पन्न खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो। ​

    बहराइनले दिएको ७८ रनको लक्ष्य पछाएको नेपालले १२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो। पहिलो ओभरमा २ विकेट गुमाएको नेपालले १० रन बनाउदै तेस्रो विकेट पनि गुमाएपछि कप्तान देव खनाल र अर्जुन कुमालले नेपालको ब्याटिंग सम्हाल्दै जित दिलाएका थिए। देव खनालले अविजित ३० रन बनाए भने अर्जुन कुमालले अविजित ३२ रन बनाएका थिए।

    टस जितेर पहिले ब्याटिङ गरेको बहराइन ३७ दशमवल ५ ओभरमा ७७ रन बनाएर अल आउट भएको थियो।​ बहराइनलाई अलआउट गर्न नेपाली बलर दिपेश क‌डेलले ६ विकेट लिएका थिए । दिपेशले ९ दशमवल ५ ओभरमा ८ ओभर मेडनसहित ४ रन दिएर ६ विकेट लिएका थिए। त्यसैगरी दुर्गेश गुप्ताले ८ ओभरमा एक मेडनसहित २२ रन दिएर ४ विकेट लिएका थिए।

    नेपालले अब अर्को खेल कार्तिक २ गते साउदी अरेबिया खेल्ने छ।

    प्रकाशित मिति :आश्विन २८ २०८० आइतवार - ११:२६:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij