Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

विश्वकपमा आज अस्ट्रेलिया र भारतबिच भिडन्त

विश्वकपमा आज अस्ट्रेलिया र भारतबिच भिडन्त


  • 2.9K
    Shares

    • images
    विश्वकपमा आज अस्ट्रेलिया र भारतबिच भिडन्त
    images

    काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको चौथो दिन आइतबार घरेलु टोली भारतले बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियाको सामना गर्दैछ । उक्त खेल चेन्नईस्थित मुथैया एनामलाई चिदम्बरम स्टेडियममा खेलिने छ । खेल नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुनेछ ।

    जारी विश्वकपको यो पाँचौँ खेल हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० द्वारा जारी पछिल्लो एकदिवसीय वरीयतामा भारत पहिलो स्थानमा आसिन छ । अस्ट्रेलिया भने पछिल्लो आईसीसी वरीयताको तेस्रो स्थानमा छ । 

    भारत र अस्ट्रेलिया दुबै एकदिवसीय विश्वकपका पूर्वविजेता राष्ट्र हुन् । अस्ट्रेलियाले हालसम्म सर्वाधिक पाँच पटक एकदिवसीय विश्वकपको उपाधि जितिसकेको छ । अस्ट्रेलियाले सन् १९८७, सन् १९९९, सन् २००३, सन् २००७ र सन् २०१५ मा उपाधि जितेको थियो ।

    भारतले भने हालसम्म दुईपटक एकदिवसीय विश्वकपको उपाधि चुमेको छ । भारतले सन् १९८३ र सन् २०११ मा एकदिवसीय विश्वकप जितेको थियो । भारत घरेलु मैदानमा एकदिवसीय विश्वकपको उपाधि जित्ने पहिलो राष्ट्र पनि हो । 

    यसपटक पनि भारतले घरेलु मैदानमै विश्वकप खेल्दैछ । त्यसैले यसपटक भारत तेस्रो उपाधिको खोजीमा देखिन्छ । पछिल्लो समय भारतको प्रदर्शन पनि उत्कृष्ट रहँदै आएको छ । भारतले यसपटक आफ्नो सबैभन्दा बलियो प्रतिद्वन्द्वीका रुपमा पनि अस्ट्रेलियालाई नै लिएको छ ।

    प्रकाशित मिति :आश्विन २१ २०८० आइतवार - ११:४३:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij