Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

पाकिस्तानलाई हराउँदै अफगानिस्तान फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने

पाकिस्तानलाई हराउँदै अफगानिस्तान फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने


  • 3.9K
    Shares

    • images
    पाकिस्तानलाई हराउँदै अफगानिस्तान फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने
    images

    चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत टी–२० क्रिकेटमा पाकिस्तानलाई हराउँदै अफगानिस्तान फाइनलमा प्रवेश गरेको छ।

    अफगानिस्तानले टस जितेर पहिले फिल्डिङ रोजेपछि पाकिस्तानले १८ ओभरमा अलआउट हुँदै जितका लागि ११६ रनको लक्ष्य प्रस्तुत गरेको थियो।  उक्त लक्ष्य अफगानिस्तानले १८.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो।

    अफगानिस्तानको जितमा नुर अलि जाद्रानले सर्वाधिक ३९ रन बनाउँदा कप्तान गुल्वादिन नाइवले अविजित २६ रन बनाए। जाद्रानले ३३ बलमा ४ चौका र २ छक्का प्रहार गरे। १९ बल खेलेका नाइवले १ चौका र ३ छक्का प्रहार गरे।

    अफसार जाजाइले २१ बलमा १३ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। पाकिस्तानका उसमान क्वादिर र अर्फात मिन्हासले समान २ विकेट लिँदा सुफियान मुकिम र क्वासिम अक्रामले एक एक विकेट हात पारे। 

    त्यसअघि पाकिस्तानका ओपनर ओमेर युसुफले सर्वाधिक २४ रन बनाउँदा अन्य कुनै पनि ब्याटर चल्न सकेनन्।  रोहेल नाजिर १०, हराफात मिन्हास ११३ र अमिर जमालले १४ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। 

    जसको परिणाम अन्तिम १२ बल अघि नै अलआउट हुँदा सामान्य लक्ष्य मात्रै प्रस्तुत गर्न सक्यो। अफगानिस्तानका फरीद अहमदले सर्वाधिक ३ विकेट लिए। क्वीस अहमद र जाहिर खानले २/२ विकेट लिँदा गुल्वादिन नाइव र करिम जनतले १/१ विकेट लिए। 

    उपाधिका लागि शनिबार अफगानिस्तान र भारत भिड्ने भएका छन्। भारत शुक्रबार बिहान बंगलादेशलाई पराजित गर्दै फाइनलमा प्रवेश गरिसकेको छ। पाकिस्तान र बंगलादेश फाइनल अघि शनिबार नै तेस्रो स्थानका लागि भिड्ने छन्। 

    नेपाल क्वाटरफाइनलमा भारतसँग २३ रनले पराजित हुँदै बाहिरिएको थियो।

    प्रकाशित मिति :आश्विन १९ २०८० शुक्रवार - १५:२०:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij