Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

महिला भलिबलमा नेपाल भारतसँग पराजित

महिला भलिबलमा नेपाल भारतसँग पराजित


  • 2.2K
    Shares

    • images
    महिला भलिबलमा नेपाल भारतसँग पराजित
    images

    हान्झाउ । १९औं एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल भारतसँग पराजित भएको छ ।

    समूह चरणबाट बाहिरिएका टिमहरुमध्ये नेपाल र भारत एक समूहमा थिए । त्यस खेलमा नेपाल भारतसँग ३-१ सेटले पराजित भएको हो । हान्जाउ नर्मल युनिभर्सिटी कान्क्विन जिम्न्यासियममा भएको खेलमा नेपालले सुरुदेखि नै भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेपनि आफ्नै ग्लट्टी र निर्णायक क्षणमा चुक्दा पराजित भएको हो ।

    पहिलो सेटमा नेपालले अग्रता बनाउँदै लेगपनि २३-२३ को बराबरीपछि भारतले लगातार दुई अंक जोड्दै सेट आफ्नो पक्षमा पार्‍यो । दोस्रो सेट नेपालले टाई ब्रेकमा २८-२६ ले जित्दै खेल बराबरी गरेको थियो ।

    तेस्रो सेटमा नेपालले सुरुवात देखि नै भारतमाथि अग्रता बनाउँदै गएको थियो । कुनै समयमा २०-१५ को अग्रता बनाएको नेपालले त्यसलाई कायम राख्न सकेन र भारतले २०-२० को बराबरी गर्दै सेट २५-२३ ले जित्दै २-१ को अग्रता बनायो ।

    चौथो सेटमा पनि नेपालले भारतलाई टक्कर दिएको थियो तर भारतले २५-२३ ले सेट बफ्नो पक्षमा पार्द खेल जितेको हो । एसियाडमा महिला भलिबलमा १३ टोली सहभागी भएकोमा नेपाल समूहको दुवै खेलमा भियतनाम र दक्षिण कोरियासँग पराजित भएको थियो ।

    शीर्ष आठ बाहेकका बाँकी स्थान छुट्याउनको लागि पनि खेल हुने हुँदा नेपाली महिला टोलीले अरु खेल खेल्ने अवसर पाएको हो । भारतसँग पराजित भएपछि नेपालले ९-१२औं स्थानको क्लासिफिकेसनका लागि अझै दुई खेल खेल्न पाउनेछ । नेपालले अर्को खेल हङकङसँग खेल्नेछ ।

    हङकङलाई पराजित गरेमा नेपालले नवौं स्थानको लागि अर्को खेल खेल्नेछ भने पराजित भएमा ११औं स्थानका लागि अन्तिम खेल खेल्नेछ ।

     

    प्रकाशित मिति :आश्विन १७ २०८० बुधवार - ०९:४७:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij