२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालविरुद्ध भारतले ब्याटिङमा उत्कृष्ट सुरुआत गरेको छ ।
चीनको जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलको पहिलो पावर प्ले (६ ओभर)को समाप्ती हुँदा टस जितेर ब्याटिङमा आएको भारतले विकेट नगुमाई ६३ रन बनाएको छ । भारतका कप्तान रितुराज गाइकवाडले १४ र यशस्वी जयसवालले ४४ रन बनाएर खेलिरहेका छन् ।
नेपाल समूह ‘ए’को विजेता बन्दै क्वार्टरफाइनलमा पुगेको हो । नेपालले समूह चरणका खेलमा मंगोलियालाई २७३ र माल्दिभ्सलाई १३८ रनले हराएको थियो । भारतले आईसीसीको वरीयताअनुसार सोझै क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्ने अवसर पाएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij