Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

नेपाली राष्ट्रिय क्रिकेट टोली एसियन गेम्स खेल्न चीन प्रस्थान

नेपाली राष्ट्रिय क्रिकेट टोली एसियन गेम्स खेल्न चीन प्रस्थान


  • 2.6K
    Shares

    नेपाली राष्ट्रिय क्रिकेट टोली एसियन गेम्स खेल्न चीन प्रस्थान
    images

    चीनको हाङजाओमा जारी १९औं एसियन गेम्समा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ। चीन जाने टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले आज बिदाइ गरेको हो। 

    गत साता चोटका कारण शल्यक्रिया गरेपछि स्पिनर ललित नारायण राजवंशीले भने एसियाड गुमाएका छन्। अभ्यासका क्रममा त्रिवि क्रिकेट मैदानमा घाइते भएका ललितको स्थान सागर ढकालले लिएका छन्।

    अर्का स्पिनर सन्दीप लामिछाने पनि टोलीसँगै चीन जान पाएनन्। उनीविरुद्धको बलात्कार मुद्दाको पेसी आजै परेका कारण उनी टोलीसँगै चीन जान नपाएका हुन्।

    न्यायाधीश अभाव भन्दै काठमाडाैं जिल्ला अदालतले सुनुवाइ स्थगन गरेको छ। अब उनी चीन जाने वा नजाने भन्ने कुरा अनिश्चित बनेको छ।

    प्रकाशित मिति :आश्विन ७ २०८० आइतवार - ११:२९:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij