Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

क्रिकेटर किशोर महतो लिग खेल्न अष्ट्रेलिया लागे

क्रिकेटर किशोर महतो लिग खेल्न अष्ट्रेलिया लागे


  • 3.0K
    Shares

    • images
    क्रिकेटर किशोर महतो लिग खेल्न अष्ट्रेलिया लागे
    images

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका एक सदस्य किशोर महतो अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी नेपाल क्रिकेट संघ (क्यान) लाई जानकारी दिएर हिजो अष्ट्रेलिया उडेका हुन् ।

    महतोले हिजै क्यानलाई इमेल पठाएका थिए । क्यान प्रवक्ता दुर्गा पाठकका अनुसार उनले देशलाई आवश्यकता परेमा कुनै पनि बेला उपलब्ध हुने प्रतिबद्धता जनाएका छन् । ‘उहाँ क्यानको अनुमति लिएर जानुभएको हो । लिग क्रिकेट खेल्नका लागि जान लागेको भनेर इमेलमा लेख्नुभएको छ। 

    क्रिकेट खेल्न जान लागेको बताए पनि अविनाशले कुन टिमबाट कुन स्तरको क्रिकेट खेल्दैछन् भन्ने इमेलमा खुलाएका छैनन् । अपुष्ट खबर अनुसार उनी पर्थ ग्रेड क्रिक क्लबमा एक सिजनका लागि आबद्ध भएका छन् ।

    उनले तीन महिनाको अवधिमा २४ वटा म्याच खेल्न सक्ने बताइएको छ । त्यसो त कतिले उनी अब अष्ट्रेलियामै बस्न सक्ने आशंका पनि गरेका छन् । राष्ट्रिय टिमका धेरै खेलाडीले उनलाई ‘अष्ट्रेलियामा भेटौँला’ भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

    फास्ट बलर किशोर हालै एसिया कपका लागि नेपाली टिममा परेका थिए । तर, पाकिस्तान र भारतविरुद्धका खेलमा उनले प्लेइङ ११ मा स्थान बनाउन सकेनन् । यसअघि पनि विभिन्न प्रतियोगितामा राष्ट्रिय टिममा परेका उनले मैदानमा उत्रिने अवसर भने धेरै पाएका छैनन् ।

    प्रकाशित मिति :आश्विन ३ २०८० बुधवार - १३:०९:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij