Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

एसिया कप क्रिकेट फाइनलमा श्रीलंका टस जितेर ब्याटिङ गर्दै

एसिया कप क्रिकेट फाइनलमा श्रीलंका टस जितेर ब्याटिङ गर्दै


  • 3.8K
    Shares

    • images
    एसिया कप क्रिकेट फाइनलमा श्रीलंका टस जितेर ब्याटिङ गर्दै
    images

    काठमाडौं। एसीसी एसिया कप क्रिकेटको फाइनल साविक विजेता श्रीलंका र भारतबीच प्रतिस्पर्धा हुँदैछ । श्रीलंकाको आर प्रेमदासा स्टेडियममा घरेलु टोली श्रीलंकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

    आयोजक श्रीलंका लगातार दोस्रो उपाधि जित्ने लक्ष्यमा छ । अघिल्ले संस्करणको फाइनलमा श्रीलंकाले पाकिस्तानलाई हराएको थियो । अहिले पनि श्रीलंका घरेलु मैदानमा उपाधि जित्दै उपाधि संख्या सातौं बनाउन चाहन्छ । यता भारतपनि श्रीलंकालाई कडा टक्कर दिने अभियानमा छ । सर्वाधिक आठ पटक विश्वकप उपाधि जितेको भारत नवौं उपाधि चुम्ने दाउमा छ । 

    भारत र श्रीलंकाबीत १३ वर्षपछि उपाधि भिडन्त हुन लागेको हो । भारतले यसअघि सन् २०१८ मा उपाधि जितेको थियो । सुपर चारमा भारतले पाकिस्तान र श्रीलंकालाई हराएको थियो ।

    सुपर चारमा श्रीलंकाले बंगलादेश र पाकिस्तानलाई पन्छाउँदै फाइनल यात्रा तय गरेको थियो । यदि वर्षाका कारण आज (आइतबार) को खेल रद्द भएमा सोमबार ‘रिजर्भ डे’ मा पुन: खेलाइने छ । एजेन्सी 

    भारत–११

    रोहित शर्मा (कप्तान(, शुभमन गिल, विराट कोहली, हार्दिक पाण्डेय, लोकेश राहुल, ईशान किशन, रविन्द्र जडेजा, कुलदीप यादव, वासिन्टन सुन्दर, जस्प्रित बुमराह र मोहम्मद शिराज ।

    श्रीलंका–११ 

    दासुन शानका (कप्तान), पाथुम निसांका, कुशल परेरा, कुशल मेन्डिस (विकेटकिपर), सदिरा समाराविक्रमा, चरिथ असलंका, धनन्जय डि सिल्भा, दुनिथ वेलालागे, दुशान हेमान्था, प्रमोद मदुशान र मथिशा पाथिराना ।

    प्रकाशित मिति :भाद्र ३१ २०८० आइतवार - १४:१५:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij