Logo

२०८२ भाद्र १३ गते शुक्रवार

२०८२ भाद्र १३ गते शुक्रवार

अप्रिलिया एसआर १६० अव नेपाली बजारमा

अप्रिलिया एसआर १६० अव नेपाली बजारमा


  • 2.2K
    Shares

    अप्रिलिया एसआर १६० अव नेपाली बजारमा
    images

    काठमाडौँ। डेल्टा अटोकर्प प्रा.लिले नेपालका लागि नयाँ अप्रिलिया एसआर १६० ल्याएको छ । नाडा अटो शोमा यसको अनावरण गर्दै बिक्रिमा ल्याईएको हो।

    नयाँ अप्रिलिया एसआर १६० प्राविधिकरुपमा अत्याधुनिक आई-गेट इन्जिनले सुसज्जित रहेको कम्पनीले जनाएको छ । यसमा सवारी चालकहरूलाई उनीहरूको दैनिक सिग्नल(टू)सिग्नलको दौड जित्नको लागि एक्सेलेरेसनमा महत्त्वपूर्ण फाइदा दिन तयार गरिएको छ । 

    अप्रिलिया एसआर १६० मा शक्तिशाली १६० सीसी  इन्जिन छ र यो मात्र ७.५ सेकेन्ड भित्रै शुन्य देखि ६० किलोमिटर प्रति घण्टा सहजै जान्छ । यो स्कूटर सहरी सडकहरुमा चलाउन सजिलो छ, विशेष गरी ट्राफिकमा यसले ज्यादै उपयोगी फाइदा दिन्छ । यो पूर्ण डिजिटल डिस्प्ले, आधुनिक एबीएस, टेलिस्कोपिक फ्रन्ट फोर्क, सुरक्षित र रोमाञ्चक सवारी अनुभव सुनिश्चित गर्ने अन्य सुविधाहरूले पनि सुसज्जित छ । यसको स्पोर्टी डिजाइन र उत्कृष्ट ह्यान्डलिंगले गर्दा यो शहरी चालकहरू र युवा चालकहरूका लागि एक उचित विकल्प बन्ने छ।


    अप्रिलिया एसआर १६० भारतबाट सीधै आयात गरिनेछ र यो मल्टिपल च्वाईस कलरहरूमा उपलब्ध हुनेछ । यसको मूल्य रु ३ लाख ९५ हजार ९सय रुपैयाँ बाट सुरु हुनेछ ।

    प्रकाशित मिति :भाद्र २७ २०८० बुधवार - १६:३०:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij