Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

रियलमीको डिस्ट्रिब्युटर मीट २०२३ सम्पन्न

रियलमीको डिस्ट्रिब्युटर मीट २०२३ सम्पन्न


  • 2.3K
    Shares

    • images
    रियलमीको डिस्ट्रिब्युटर मीट २०२३ सम्पन्न
    images

    काठमाडौँ । सर्वाधिक विश्वससनीय स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो डिस्ट्रिब्युटर मीट २०२३ सफलतापुर्वक सम्पन्न
    गरेको छ ।

    गत शनिबार भाद्र २३ गते काठमाडौँको नक्सालस्थित मेरियट होटलमा आयोजना गरिएको उक्त डिस्ट्रिब्युटर मीटमा नेपालभरका ४० भन्दा बढी डिलरहरु सहभागी भएका थिए ।

    आफ्ना डिस्ट्रिब्युटरहरुसँगको समबन्ध अझ प्रगाढ पार्ने उद्धेश्यले यस डिस्ट्रिब्युटर मीटको आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ । साथै डिस्ट्रिब्युटरहरुसँग पारदर्शी सन्चार कायम राख्न तथा उनीहरुले सामना गरिरहेका प्रमुख चुनौती र तिनीहरुका समाधान खोज्न पनि यस डिस्ट्रिब्युटर मीटको आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ ।

    डिस्ट्रिब्युटर मीटलाई सम्बोधनगर्दै रियलमी नेपालका कन्ट्री हेड  मुनिश गिरीले भन्नुभयो, “यस डिस्ट्रिब्युटर मीटमा उपस्थित हुनु भएका समस्त डिस्ट्रिब्युटरहरुप्रति हामी आभारी छौँ । हामी आपसमा सहकार्य, समन्वय गर्दै, एक आपसबाट सिक्दै–सिकाउँंदै र एक अर्कालाई हौसला दिँदै आजको दिनसम्म आइपुगेका छौँ । डिस्ट्रिब्युटरहरु नै हाम्रो ब्रान्डको मेरुदण्ड हुन् र हामी र हाम्रो ग्राहकलाई जोड्ने पुल पनि हुन् । डिस्ट्रिब्युटरहरुको लगातार मेहेनत र लगनशीलता नै हाम्रो सफलताको कडी हो । हामीलाई विश्वास छ कि हामी यसै गरि समन्वया गर्दै नेपाली प्रविधिमा नयाँ आयाम थप्नेछौँ र अझै प्रतिबद्ध भएर अगाडि बढनेछौँ ।”

    उक्त कार्यक्रममा नेपालभरका डिस्ट्रिब्युटरहरुलाई उनीहरुको अटल सहयोगको कदरस्वरूप प्रमाणपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रममा जगदम्बा मोबाइल र पशुपति ट्रेड लिंकका कर्मचारीहरुको पनि उपस्थति रहेको थियो।

    प्रकाशित मिति :भाद्र २७ २०८० बुधवार - १२:५३:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij