Logo

२०८२ भाद्र १३ गते शुक्रवार

२०८२ भाद्र १३ गते शुक्रवार

अर्थमन्त्रीले उद्घाटन गरेर सुरु भयो नाडा अटो शो, ६ दिनसम्म चल्ने

अर्थमन्त्रीले उद्घाटन गरेर सुरु भयो नाडा अटो शो, ६ दिनसम्म चल्ने


  • 2.3K
    Shares

    अर्थमन्त्रीले  उद्घाटन गरेर  सुरु भयो नाडा अटो शो, ६ दिनसम्म चल्ने
    images

    नाडा अटो शो–२०२३ सुरु भएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले अटो शोको समुद्घाटन गरेका हुन्।

    नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष धुब्र थापाले ३ वर्षपछि शो सुरु भएको बताए। गत वर्ष सरकारले आयातमा प्रतिबन्ध लगाउँदा नाडा ईभी एक्स्पो मात्रै गरिएको उनले बताए।

    उनले सरकारले विद्युतीय गाडीमा आफ्नै नीति विपरित हरेक वर्ष कर बढाउने गरेको छ। उनले सरकारलाई हायरप्रचेज कर्जा सहज बनाउन आग्रह गरेका छन्।

    अटो  शोका सभापति अनुप बरालले दुईपांग्रे, चारपांग्रे, अटो पार्टस् लगायतका स्टल सहभागी रहेको बताए। ६ दिनसम्म अटो शो चल्ने बताए।  

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारी निकायबीच समन्वय नभएको बताए। उनले निजी क्षेत्रका सुझाव कहिल्यैनसुनेको र सधैं माग राखेको सोचाइ देखिएको बताए।

    नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने बताए। नेपाल उद्योग परिसंघका अध्यक्ष राजेन्द्र अग्रवालले निजी क्षेत्रको मनोबल घटेकाले बढाउनेगरी नीति बढाउनु पर्ने बताएको छ। 

    नाडा अटो शो समुद्घाटन कार्यक्रममा अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्रको समस्या समाधान हुँदै गएको बताएका छन्। 

    prakash.JPG

    प्रकाशित मिति :भाद्र २६ २०८० मंगलवार - १५:००:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij