Logo

२०८२ आश्विन २९ गते बुधवार

२०८२ आश्विन २९ गते बुधवार

सुनको मूल्य स्थिर हुदा चाँदीको भने बढ्यो, कतिमा हुदैँ छकारोबार

सुनको मूल्य स्थिर हुदा चाँदीको भने बढ्यो, कतिमा हुदैँ छकारोबार


  • 2.8K
    Shares

    सुनको मूल्य स्थिर हुदा चाँदीको भने बढ्यो, कतिमा हुदैँ छकारोबार
    images

    काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको मूल्य स्थिर कायम रहेको जनाएको छ । महासंघका अनुसार आज मंगलबार हिजो (सोमबार)कै मूल्यमा सुनको कारोबार हुने भएको हो ।

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४५० रुपैयाँ छ । हिजो सोमबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार ५ रुपैयाँले मूल्य बढेपछि चाँदीको कारोबार प्रतितोला १४ सय ५ रुपैयाँमा भइरहेको छ । हिजो सोमबार चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँ थियो ।

    प्रकाशित मिति :भाद्र २६ २०८० मंगलवार - ११:००:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij