२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौँ । टस जितेर फिल्डिङ्ग रोजेको पाकिस्तान बिरुद्ध भारतले उत्कृष्ट ब्याटिङ्ग गर्दै शानदार प्रदर्शन गरिरहेको छ । खेलको १५औं ओभर सम्म विनाविकेटक क्षेतिमा भारतले ११५ रन बनाई सकेको छ ।
श्रीलंकाको राजधानी कोलम्बोस्थित आर.प्रेमादासा रंगशालामा भएको खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे बाट सुरुभएको हो ।
हालसम्म भारत र पाकिस्तानबीच एक सय ३३ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिएको मध्ये ७३ खेलमा पाकिस्तानले भारतलाई हराएको छ भने ५५ खेलमा भारत विजयी भएको छ । यी दुई राष्ट्रबीच खेलिएको पाँच खेल भने नतिजा विहिन भएको थियो ।
घरेलु मैदानमा पाकिस्तानले १४ र भारतले ११ खेल जितेका छन् । यसैगरी भारतीय भूमिमा पाकिस्तानले १९ खेल जितेको छ भने पाकिस्तानी भूमिमा भारतले ११ खेल जितेको छ ।
यसका अतिरिक्त ‘न्यूट्रल भेन्यू’ मा पाकिस्तानले ४० खेल जितेको छ भने भारतले ३३ खेलमा सफलता हात पारेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij