Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

नेपाल आइपुगे भलिबल प्रशिक्षक हान अबिङ

नेपाल आइपुगे भलिबल प्रशिक्षक हान अबिङ


  • 2.7K
    Shares

    • images
    नेपाल आइपुगे भलिबल प्रशिक्षक हान अबिङ
    images

    काठमाडौं । विदेशी भलिबल प्रशिक्षक हान अबिङ नेपाल आइपुगेका छन् । १९औं एसियन गेम्समा नेपाली भलिबल टोलीको प्रशिक्षकको रुपमा रहेका नेदरल्याण्ड्सका प्रशिक्षक हान शुक्रबार काठमाडौं आइपुगेको नेपाल भलिबल संघले जनाएको छ ।

    उनलाई राष्ट्रिय टिमका प्रशिक्षक जगदिश भट्ट र राष्ट्रिय पुरुष टिमका ट्रेनर रुपेश विष्टले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

    यही सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हान्झाउमा हुने १९औं एसियन गेम्समा हान अबिङ नेपालको पुरुष टिमको प्रशिक्षकको भूमिकामा छन् । तर उनको अनुपस्थितिमा अर्का बेल्जियन प्रशिक्षक यान डी ब्रान्ट र जगदिश भट्ट, भरत यादवले पुरुष टिमलाई प्रशिक्षण दिइरहेका छन् ।

    यस पटक नेपाली टिमको कप्तानमा मान बहादुर श्रेष्ठ छन् । नेपालको पुरुष टिमले लगातार दोस्रो पटक एसियन गेम्स खेल्न लागेको हो भने महिला टिमले पहिलो पटक एसियन गेम्स खेल्दैछ ।

    हान अबिङले एसियन गेम्सपछि श्रीलंकामा हुने काभा पुरुष भलिबल च्यालेन्ज कपमा पनि नेपाली पुरुष टिमको प्रशिक्षण सम्हाल्ने भलिबल संघले जनाएको छ ।

    हान अबिङ तेस्रो पटक नेपाल आएका हुन् । यसअघि उनले एभिसी सेन्ट्रल जोनमा दुई पटक नेपाली पुरुष टिमको प्रशिक्षक भएर काम गरेका थिए ।

    प्रकाशित मिति :भाद्र २२ २०८० शुक्रवार - १२:२३:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij