Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

पोखरामा राष्ट्रिय महिला तथा पुरुष भलिबलको तयारी हुँदै

पोखरामा राष्ट्रिय महिला तथा पुरुष भलिबलको तयारी हुँदै


  • 2.5K
    Shares

    • images
    पोखरामा राष्ट्रिय महिला तथा पुरुष भलिबलको तयारी हुँदै
    images

    कास्की– पोखराको लामाचौरमा यही भदौ अन्तिम साता राष्ट्रियस्तरको महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी गरिएको छ ।

    नव आदर्श सामुदायिक विकास समाज लामाचौर पोखराको आयोजनामा नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको अवसर पारेर भदौ ३० देखि असोज १ गतेसम्म राष्ट्रिय महिला तथा पुरुष भलिबल हुन लागेको हो ।

    लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा पुरुष तथा महिला दुवैतर्फ पाँच–पाँच टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।

    प्रतियोगितामा महिलातर्फ तीन विभागीयसहित पाँच टोली र पुरुषतर्फ दुई विभागीयसहित पाँच टोलीको सहभागिता निश्चित भएको नव आदर्श सामुदायिक विकास समाजका अध्यक्ष स्वागतमानसिंह भण्डारीले जानकारी दिए ।

    प्रतियोगितामा महिलातर्फ नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, काठमाडौँको न्यू डायमण्ड एकेडेमी र बुटवलको न्यू एभरेष्ट भलिबल क्लब सहभागिता हुनेछन् ।

    यसैगरी पुरुषतर्फ नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब, गण्डकी प्रदेश, मणिमुकुन्द क्लब बुटवल र बागलुङको गलकोट स्पोट्र्स क्लब सहभागी हुने भएको अध्यक्ष भण्डारीले बताए ।

    राष्ट्रिय भलिबल प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेतालाई एक लाख ५० हजार एक सय ११ का दरले नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

    दोस्रो हुने टिमलाई जनही एक लाख एक हजार एक सय ११ र तृतीय हुने टोलीले ५० हजार एक सय ११ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र २२ २०८० शुक्रवार - ११:१९:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij