Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

आईसीसी महिला टी-२० छनोट : नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा

आईसीसी महिला टी-२० छनोट : नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा


  • 1.9K
    Shares

    • images
    आईसीसी महिला टी-२० छनोट : नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा
    images

    आईसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

    समूह चरणको अन्तिम खेलमा नेपाल र युएईबीचको खेल वर्षाको कारण रद्द भएपछि नेपाल समूह उपविजेता बनेको हो। वर्षाको कारण टस समेत हुन नसकेपछि नेपाल र युएईले अंक बाँडेका हुन्। 

    दुवै टोलीले अंक बाँडेसँगै युएई समू विजेता र नेपाल उपविजेता बन्दै अन्तिम चारमा पुगेका छन्। ५ खेलबाट समान ९ अंक भएपनि नेपाल नेट रनरेटमा पछि पर्दा समूह उपविजेता बनेको हो। 

    सेमिफाइनलमा नेपालले समूह ‘बी’ को विजेतासँग शुक्रबार खेल्नेछ। समूह ‘बी’ का थाइल्याण्ड र हङकङ बीचको खेलको विजेतासँग नेपालले अब सेमिफाइनलमा खेल्नेछ। नेपालले फाइनलमा स्थान बनाउन सके ग्लोबल टि २० विश्वकप छनोटमा स्थान पक्का गर्नेछ।
     
    समूह चरणमा नेपालले मलेसियालाई ५ रन, बहराइनलाई १० विकेट, भुटानलाई ३ विकेट र कतारलाई ९ विकेटले पराजित गरेको थियो।

    प्रकाशित मिति :भाद्र २० २०८० बुधवार - १०:२०:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij