२०८२ भाद्र १० गते मंगलवार
नेपाली राष्ट्रिय महिला भलिबल टोलीले पहिलो पटक मासिक पारिश्रमिक पाएका छन्।
नेपाल भलिबल संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै खेलाडीलाई मासिक पारिश्रमिक दिने जानकारी गराएको हो। अमेरिकामा रहेका पूर्व राष्ट्रिय खेलाडी राम श्रेष्ठको समन्वयमा राष्ट्रिय खेलाडी र विजनेश इन्टरप्रेनियरको सहयोगमा मासिक पारिश्रमिक दिने भएको हो।
संघले वर्तमान राष्ट्रिय टोलीमा रहेका महिला र पुरुष टोलीका समान १२ खेलाडीलाई मासिक ५ हजारका दरले पारिश्रमिक दिएको हो। संघले आज नै तीन महिनाको कुल १५ हजार रुपैयाँ पारिश्रमिक खेलाडीलाई दिएको छ। संघका अनुसार सेप्टेम्बर, अक्टोबर र नोभेम्बरको तबल संघको खातामा आइसकेको छ।
पारिश्रमिक पाएपछि महिला टोलीकी कप्तान अरुणा शाहीले खेलाडीहरूको हौसला बढाउन संघले गरेको कार्यको लागि धन्यवाद दिँदै खुसी व्यक्त गरिन्। पुरुष टोलीका कप्तान मानबहादुर श्रेष्ठले मेरिकामा रहेका पुर्व खेलाडीले मर्म बुझेर सहयोग गरेकोमा धन्यवाद दिए।
नेपाली पुरुष र महिला टोली अहिले एशियन गेम्सको तयारीमा व्यस्त छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij