Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

जब भारतीय क्रिकेट टोलीले नेपाली खेलाडीलाई मेडल लगाइदिए…

जब भारतीय क्रिकेट टोलीले नेपाली खेलाडीलाई मेडल लगाइदिए…


  • 3.7K
    Shares

    • images
    जब भारतीय क्रिकेट टोलीले नेपाली खेलाडीलाई मेडल लगाइदिए…
    images

    एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत गएराति वर्षाले प्रभावित भएको समूह चरणको अन्तिम खेलमा भारतसँग नेपालले १० विकेटको पराजय भोग्यो।

    ओभर छोट्याउँदा पनि मध्यरातिसम्म चलेको खेलका क्रममा नेपालले दिएको २३१ रनको लक्ष्य भारतले ओभर छोट्याएको खेलमा बिनाक्षति पूरा गरेको थियो।

    श्रीलंकाको पल्लेकेले स्टेडियममा भएको खेलका क्रममा नेपाली ब्याटरहरुले भारतविरुद्ध गरेको प्रदर्शन सम्झनलायक रह्यो। बलिङतर्फ करण केसीसहितले आफ्नो प्रभाव देखाए पनि विकेट लिन सकेनन्। खासगरी आशिफ शेख र सोमपाल कामीको शानदार प्रदर्शनको तारिफ भइरहेको छ। 

    मध्यराति खेल सकिएपछि नेपाली प्रशिक्षक मोन्टी देसाईले खेलाडीहरुलाई भारतीय ड्रेसिङ रुममा लगे। जहाँ कप्तान रोहित शर्मा, विराट कोहली र प्रशिक्षक राहुल द्रविडहरु उपस्थित थिए। त्यसक्रममा देखिएको अनौठो दृश्य के थियो भने भारतीय खेलाडीहरुले नेपाली खेलाडीहरुलाई मेडल लगाइदिए।

    खासगरी कुनै पनि खेल जित्ने टिमका खेलाडीहरुलाई मेडल लगाइदिने चलन छ। भारतीय नागरिकसमेत रहेका नेपाली प्रशिक्षक देसाईले त्यहाँ फरक अभ्यास गरे।

    जहाँ देसाईले दुई देशका खेलाडीलाई घुलमिल गराउने क्रममा मेडललाई प्रयोग गरेका हुन्। जसलाई नेपाल क्रिकेट संघ क्यानले पनि एउटा राम्रो अवसर भनेर भिडिओ सेयर गरेको छ। भारतीय ड्रेसिङ रुममा प्रशिक्षक द्रविड, खेलाडीहरु विराट कोहली र हार्दिक पान्ड्यासहितले नेपाली खेलाडीलाई मेडल लगाइदिएका छन्।

    भारतविरुद्ध उत्कृष्ट खेलेका सोमपाल कामी, आशिफ शेख र दीपेन्द्रसिंह ऐरीलाई भारतीय प्रशिक्षक र खेलाडीले मेडल लगाइदिएका छन्। 

    यो क्षणलाई क्यानले पनि अविस्मरणीय भनेको छ। ‘क्रिकेट एक यस्तो खेल हो, जहाँ केबल आफ्नो ब्याटिङ र बलिङको खेल कौशल मात्रै होइन, खेल चरित्र देखाएर पनि नायक बन्छन्। यस अद्भुत समयका लागि बीसीसीआई र भारतीय क्रिकेट टिमलाई हार्दिक धन्यवाद!’

    उक्त भेटघाटपछि नेपाली खेलाडीहरुले भारतीय खेलाडीसँगका सेल्फी र तस्बिर सार्वजनिक गरेका छन्। सोमपाल कामीले विराट कोहलीबाट जुत्तामा अटोग्राफ लिँदै गरेको तस्बिर सार्वजनिक गरेका छन्। उनले विराट एक क्रिकेटर मात्रै  नभएर नायक भएको बताएका छन्। 

    प्रकाशित मिति :भाद्र १९ २०८० मंगलवार - ११:५४:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij