२०८२ भाद्र ९ गते सोमवार
एसिया कप । पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले पहिलो विकेट को रुपमा कुशल भुर्तेललाई गुमाएको छ ।
भुर्तेल २४ बलमा ३८ रन बनाउँदै इशान किशनको हातबाट क्याचआउट भएका छन । अघिल्लो बलमा छक्का प्रहार गरेका कुशल एज लागेर विकेटकिपरबाट क्याच आउट भएका हुन् । उनलाई शार्दुल ठाकुरले आउट गरे ।
व्यक्तिगत २२ रनमा रहेका बेला कुशलले अम्पायरलाई एलबीडब्लू आउट दिए पनि डीआरएसबाट निर्णय उल्टिएको थियो ।
नेपालले १० ओभरमा एक विकेट गुमाएर ६५ रन जोडेको छ । आसिफ शेख २३ रनमा खेल्दैछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij